स्थानीय तहका ‘विज्ञ’ क्षेत्र नम्बर–२ का उम्मेदवार ब्याञ्जुको पक्षमा जनमत बढ्दो


मेचीकाली

काभ्रेपलाञ्चोक-प्रतिनिधि सभा सदस्य निर्वाचन आउन चार दिन बाँकी रहँदा नेकपा एमालेको तर्फबाट जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु भएका उम्मेदवारको पक्षमा जनमत बढेको छ । निर्वाचनको दिन आउन चार दिन बाँकी रहँदा एमालेमा दुवै क्षेत्रका उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारको अन्तिम चरणमा रहनु भएको छ ।

 चुनावी प्रचारप्रसारको अन्तिम चरणसम्म आईपुग्दा नेकपा एमाले क्षेत्र नम्बर–२ का उम्मेदवार अशोककुमार ब्याञ्जु श्रेष्ठको पक्षमा जनमत राम्रो देखिएको छ । यो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार ब्याञ्जुसहित २४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएपनि ब्याञ्जुको पक्षमा मत बलियो देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक तर्फको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एमाले पहिलो पार्टी रहेको छ । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ एमालेले ३४ हजार ७०५ मत, नेपाली काङ्ग्रेसले २६ हजार ५५६ मत, रास्वपाले १६ हजार ८२६ मत, माओवादी केन्द्रले सात हजार ९२६ मत र एकिकृत समाजवादीले छ हजार १४३ मत प्राप्त गरेको थियो । 

क्षेत्र नम्बर–२ का एमालेका उम्मेदवार ब्याञ्जुसँग वि.सं. २०५४ सालदेखि हालसम्म झण्डै २८ वर्ष स्थानीय तहमा काम गरेको लामो अनुभव रहेको छ । ब्याञ्जुसँग स्थानीय तहको अनुभवका साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न निकाय तथा संघसंस्थासँग सहकार्य गरेर शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विभिन्न क्षेत्रमा गरेको कामको अनुभवन रहेको छ । ब्याञ्जुसँग नागरिकसँग प्रत्यक्ष जोडिने नीति निर्माण, कानुन निर्माणको समेत अनुभव रहेको छ । चुनावी प्रचारप्रसारको क्रममा निर्वाचन क्षेत्र अन्र्तगतको भुम्लु, मण्डनदेउपुर, पाँचखाल, बनेपा, धुलिखेल, पनौती, बेथानचोकका आम मतदाताले ब्याञ्जुसँग नागरिकले गत वर्षको विपद्बाट भएको क्षति, शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाई, कृषि, पूर्वाधार विकास, खानीलगायतको आफ्नो क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

चुनावी प्रचारप्रसार अभियानको क्रममा उम्मेदवार ब्याञ्जुले आफु सांसद निर्वाचित भएको खण्डमा निर्वाचन क्षेत्र भित्र शिक्षा, स्वास्थ्य, खानेपानी, खानी, पर्यटकिय, वातावरणीय, कृषि, सडक, सञ्चारलगायतको क्षेत्रमा काम गर्नुको साथै नागरिकको हरेक समस्या समाधानका लागि आफ्नो तर्फबाट प्रयास गर्ने बताउनभुयो । उहाँले आफु २८ वर्ष स्थानीय तहमा रहेर काम गर्दा धुलिखेल नगरपालिकामा गरेका विभिन्न राम्रा कार्यक्रमहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहमा समेत लागु गर्नका लागि विभिन्न निकायसँग समन्वय गर्ने बताउनुभयो । उहाँले आफु सांसद निर्वाचित भएको खण्डमा जनहितका कानुन निर्माणमा संसद र सरकारलाई झक्झक्याउने प्रतिवद्धता समेत जनाउनु भएको छ । २८ वर्ष स्थानीय तहमा काम गर्नु भएका ब्याञ्जु स्थानीय तहका विज्ञको रुपमा आफ्नो परिचय बनाउनु भएको छ ।  उहाँकै कार्यकालमा धुलिखेल एसियाकै स्वस्थ शहर बन्न सफल भएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु