तीब्ररुपमा हुँदैछ विपी राजमार्गको पुनर्निर्माण


मेचीकाली

काभ्रे–२०८१ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको विपी राजमार्ग पुनर्निर्माणको काम तीब्र बनेको छ । दुई वर्षभित्र राजमार्ग पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले क्षतिग्रस्त विपी राजमार्गको पुननिर्माणको लागि अहिले तीन वटा खण्डमा काम सुरु गरिएको बताउनुभयो । उहाँले विपी राजमार्गको पुननिर्माणको लागि तीन वटा निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटेर काम सुरु गरेको बताउँदै जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुननिर्माण गर्ने एक खण्डको काम भने सुरु हुन नसकेको बताउनुभयो । सिनियर डिभिजनल इन्जिनियर योगेशले गत वर्षको बाढीले क्षति गरेको स्थानमा आरसिसि पर्खाल लगाउने काम सुरु गरेको बताउँदै विपी राजमार्ग अन्र्तगतको चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउनुपर्ने भएकोले प्लम्प पर्खाल लगाउने कामसमेत सुरु भएको बताउनुभयो । “विपी राजमार्गको पुननिर्माणमा अन्र्तगत नै अहिले चारसय बेशी, भकुण्डेबेशीमा आरसिसि पर्खालका साथै सडक चौडा बनाएका स्थानको भित्तामा मेसिनरी पर्खाल, कतै प्लम्प पर्खाल लगाउने काम सुरु भएको छ” सिडिई योगेशले भन्नुभयो । उहाँले विपी राजमार्ग अन्र्तगत डालाबेशी, मङ्गलटार खण्ड, चारसय बेशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने काम समेत भईरहेको बताउनुभयो । 

सडक डिभिजन भक्तपुरले गत वर्ष र यस वर्षको बाढीबाट पूर्ण रुपमा क्षति भएको विपी राजमार्गलाई दुई लेनमा पुननिर्माण गर्ने भएको हो । भकुण्डेबेशीदेखि नेपालथोकसम्मको २९. ५ किलोमिटर सडकलाई नौ मिटरमा विस्तार गर्नेछ । विपी राजमार्गको डालाबेशीदेखि चारसय बेशीसम्मको ८.५ किलोमिटर सडक पुननिर्माणको लागि खानी÷कमलजीत÷एवान जेभीसँग एक अर्ब २२ करोड र चार सय बेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडक पुननिर्माणको लागि लामा÷नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोडमा ठेक्का सम्झौता भएको छ ।

“गत वर्ष र यस वर्षको बाढीले वास आउट (सडक पूर्ण क्षति) भएको छ त्यो ठाउँमा हामी गत वर्षको जस्तो आउने बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरेका छौँ, हामी आगामी बैशाख महिनासम्म बाढीले क्षति गरेका स्थानहरुमा संरचना निर्माण गरिसक्ने गरी काम अघि बढाएका छौँ” सिनियर डिभिजनल इन्जिनियर योगेशले थप्नुभयो । उहाँले बैशाखभित्र सबै संरचना तयार गरी आउने वर्षायाममा खोलाको किनारबाट यातायातका साधन गुडाउन नपर्ने गरी साविककै स्थानबाट यातायात सञ्चालन गर्ने गरी सडकको काम भएको बताउनुभयो । उहाँले यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्रे गरी कामलाई तिव्रता दिइएको बताउनुभयो । उहाँले विगतमा सडक निर्माण गर्दा खोलामा आउने बाढीले खोतल्न सक्ने कुराको विश्लेषण नगरी सडक बनाउँदा बाढीले सबै क्षति गरेको र अहिले पुननिर्माण गर्दा बाढीले खोतल्न नसक्ने गरी खोलाको भित्री भागबाट संरचना निर्माण गरिने बताउनुभयो । उहाँले अहिलेको कामको गति हेर्दा सडक पुननिर्माण गर्ने क्रममा जग्गाको विवाद, खानेपानी, बिजुलीको पोलहरु स्थानान्तरण गर्ने विषयमा विवाद नहुने हो भने दुई वर्षभित्र सडक पुननिर्माणको काम सम्पन्न हुने बताउनुभयो । 

सडक डिभिजन भक्तपुरले गत वर्ष र यस वर्षको बाढीबाट पूर्ण रुपमा क्षति भएको विपी राजमार्गलाई दुई लेनमा पुननिर्माण गर्ने भएको हो । भकुण्डेबेशीदेखि नेपालथोकसम्मको २९. ५ किलोमिटर सडकलाई नौ मिटरमा विस्तार गर्नेछ । विपी राजमार्गको डालाबेशीदेखि चारसय बेशीसम्मको ८.५ किलोमिटर सडक पुननिर्माणको लागि खानी÷कमलजीत÷एवान जेभीसँग एक अर्ब २२ करोड र चार सय बेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडक पुननिर्माणको लागि लामा÷नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोडमा ठेक्का सम्झौता भएको छ । यस्तै डालाबेशीदेखि सुख्खापहिरोसम्मको २.२ किलोमिर सडक पुननिर्माणको लागि उमा÷भण्डारी÷अमरज्योती जेभीसँग ६८ करोड ५८लाख रुपियाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो । जाइकाले राजमार्गको पिप्ले (सुख्खापहिरो) देखि डालाबेशीसम्मको करिब तीन किलोमिटर सडक पुननिर्माण गर्ने भएको हो । जाइकाले सडक पुननिर्माणको लागि अध्ययन गरिरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ  । 


प्रतिक्रिया



थप समाचारहरु