बनेपा–काभ्रेको बनेपामा यही माघ २३ गतेदेखि काभ्रे जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।
माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आयोवना बनेपा नगर टेबल टेनिस संघले गरेको हो भने बनेपा नगरपालिकाले प्रतियोगिताका लागि सहयोग गरेको छ । केएमसी स्पोर्टस् हल बुडोलमा सञ्चालन हुने प्रतियोगितामा ५ वटा इभेन्टमा खेलहरु हुनेछन् । जसमा पुरुष तर्फ १६ वर्षमूनिको खेल हुनेछ भने खुला सिंगल (पुरुष÷महिला), मास्टर भेट्रान सिंगल (४० वर्षमाथि), मास्टर भेट्रान सिंगल (५० वर्षमाथि) र खुला डबल (पुरुष)तर्फको खेल हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा खुला सिंगल (पुरुष÷महिला)तर्फ पहिलो हुनेले ७ हजार, दोस्रो हुनेले ४ हजार र सेमिफाइनलमा पुग्ने २ जनाले १५ सय रुपैयाँका दरले पुरस्कार पाउनेछन् । यस्तै १६ वर्षमूसनिको पुरुषतर्फको खेलमा पहिलो हुनेले ५ हजार, दोसो हुनेले ३ हजार तथा सेमिफाइनलमा पुग्ने २ जनाले १५ सय रुपैयाँका दरले पुरस्कार पाउनेछन् । मास्टर भेट्रानतर्फ दुबै इभेन्टमा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार तथा सेमिफाइनलमा पुग्ने २ जनाले १५ सय रुपैयाँका दरले पुरस्कार पाउनेछन् । यस्तै पुरुष डबलतर्फ पहिलो हुनेले प्रतिव्यक्ति ४ हजार, दोस्रो हुनेले प्रतिव्यक्ति २ हजार र सेमिफाइनलमा पुग्ने ४ जनाले प्रतिव्यक्ति १५ सय रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेले भोली माघ २१ गतेसम्म नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।