बनेपामा भोलीदेखि उपमेयर कप भलिबल, विजेताले १ लाख रुपैयाँ पाउने


मेचीकाली

बनेपा–एक लाख रुपैयाँ पहिलो पुरस्कार रहेको बनेपा उपमेयर कम खुल्ला तथा आमन्त्रण महिला भलिवल प्रतियोगिताको दोस्रो संस्करण भोलीबाट सुरु हुँदैछ । प्रैतियोगिता बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा सञ्चालन हुनेछ ।  

प्रतियोगिताको आयोजना बनेपा नगरपालिकाले गरेको हो भने व्यवस्थापनको जिम्मा बनेपा भलिबल प्रशिक्षण केन्द्रले लिएको छ । काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार रुपैया प्राप्त हुनेछ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नेछन् भने समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नेछन् ।

गत वर्ष देखि बनेपा नगरपालिकाले उपमेयर महिला भलिबल कप आयोजना गर्दै आएको छ । करिव ७ लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराउने छ । नगद पुरस्कार धेरै भएको महिला भलिबल प्रतियोगिता जिल्लाकै नमूना हो । प्रत्येक म्याचमा प्लेयर अफ द म्याच घोषणा गर्दै पुरस्कार उपलब्ध गराउने बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिए ।

प्रतियोगितामा ललितपुर महानगरपालिका, महाभारत गाउँपालिका, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लव, धुलिखेल नगरपालिका, बुढानिलकण्ठ भलिबल क्लव, बनेपा नगरपालिका वडा नम्वर ९, प्रोफेसनल, पनौती नगरपालिका र बनेपा नगरपालिका सहभागि हुनेछन् । पहिलो खेल महानगरपालिका, महाभारत गाउँपालिका बीच हुनेछ । दोश्रो खेल प्रोफेसनल र पनौती नगरपालिका बीच हुनेछ । २०८० सालमा स्थापना भएको बनेपा भलिबल प्रशिक्षण केन्द्रले छोटो अवधीमा ७० जना भन्दा धेरै भलिबल खेलाडीहरुलाई प्रशिक्षण दिएको छ भने महत्वपूर्ण दुईवटा प्रतियोगिता आयोजना गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु