काठमाडौं– काभ्रेको बनेपा–१२ बासडोलमा रहेको श्री बासडोल सामूदायिक बहुउद्देश्यीय सहकारी संस्था प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।
राष्ट्रिय सहकारी बैंकको २२ औं साधारणसभाको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा सहकारीलाई सम्मानपत्र प्रदान गरिएको छ । बासडोल सामूदायिक बहुउद्देश्यीय सहकारी संस्था बागमति प्रदेशको उत्कृष्ट सहकारी (बचत तथा ऋण कारोबारबाहेक) मा सम्मानित भएको हो । कार्यक्रममा सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले संस्थाका अध्यक्ष सुरेन्द्र महतलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित भएपछि संस्थाले समुदायमा आधारित रही सहकारी विकास, प्रवद्र्धन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा संस्थाले पु¥याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्रदान गरेको प्रदेशस्तरीय सम्मानले हामीलाई अत्यन्त प्रेरणा र उत्साह प्रदान गरेको जनाएको छ ।
यस सम्मानले संस्थालाई अझ जिम्मेवार, समुदायमुखी सेवामा समर्पित रहन थप प्रेरित गरेको साथै, सहकारी मूल्यमान्यताहरूको संरक्षण, सदस्य हितको उन्नति तथा सामाजिक–आर्थिक विकासका क्षेत्रमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता झनै दृढ भएको सहकारीले उल्लेख गरेको छ । 