बासडोलमा खानेपानीको पाइप वितरण


मेचीकाली

बनेपा– नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको समन्वयमा बनेपा नगरपालिका १२ बासडोलमा खानेपानीको पाइप वितरण गरिएको छ । 

विभिन्न सामाजिक संघसंस्था र व्यवसायिक फर्मबाट प्राप्त ६४ रोल (क्वाइल) पाइप शुक्रबार एक कार्यक्रमका बीच वितरण गरिएको हो  । पाइप वितरण कार्यक्रम रेडक्रस उपशाखा सभापति मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । असोज महिनाको अबिरल बर्षाका कारण भएका क्षतिको लगत संकलन, वर्गिकरण गरी वडा कार्यालयलाई हस्तान्तरण यस अघिनै गरिसकिएको थियो । सोही लगत संकलनका आधारमा खानेपानीका पाइपमा क्षति भइ खानेपानीको असहजतालाई पूर्ति गर्नका निम्ति पाइप वितरण गरिएको शर्माले बताए । 

रोटरी इन्टरनेशनल बाट २४ क्वाइल, झम्क कुमारी स्मृति प्रतिष्ठान चाँगुनारायण नगरपालिका–५ भक्तपुर बाट २० क्वाइल, कौशल छापाखाना बनेपा–७ बाट ५ क्वाइल नमस्ते ग्रुप एन्ड एसोसियट बनेपा–७बाट ५ क्वाइल, सृजनशिल दुध उत्पादन तथा बिक्री केन्द्र बनेपा –१२ बासडोल बाट ५ क्वाइल र स्व सितामाया वाग्लेको स्मृतिमा छोरा वकिलनाथ शर्मा वाग्ले बनेपा–१२ बासडोलबाट ५ क्वाइल गरि ६४ रोल क्वाइल पाइप बितरण गरिएको जानकारी सचिव उपदेश भुजेलले जनका दिए ।  कार्यक्रममा सहयोगी संस्थाहरु बाट झम्क कुमारि स्मृति प्रतिष्ठानका अध्यक्ष राजाराम खड्काले यस पुण्य कार्यमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रममा जोडिनु हुने सम्पूर्ण संघ–संस्थाहरु लाई आभार व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखालाई धन्यवाद दिदै यस्तै बिपदको घडीमा हातेमालो गरेर अघि बढ्न आफु सधैं तत्पर रहने प्रतिवद्धता उनले जनाए । 

सामुहिक रुपमा मात्र पानी उपभोग गरिरहेका बासिन्दालाई क्षतिको अनुपात हेरि एक देखि चार क्वाईल सम्म पाईप बितरण गर्दा उक्त कार्यक्रम बाट २३० घरधुरीले खानेपानीको लागि केहि सहजता महसुस गर्ने स्थानीय कञ्चन भुजेलले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु