केन्द्रीय प्रशारणको बिजुलीले झलमल हुँदै काभ्रेका ३ गाउँपालिका


मेचीकाली

काभ्रे–विकासका दृष्टिले पछि परेका महाभारत र खानीखोला गाउँपालिकासँगै रोशी गाउँपालिकाका घरघरमा केन्द्रीय प्रशारण लाइनको विद्युत सेवा विस्तार तीब्र बनेको छ । 

विगतमा यी गाउँपालिकाका अधिकांश गाउँमा लघु जलविद्युत आयोजना सञ्चालन गरिएका थिए । कतिपय लघु जलविद्युत आयोजना वन्द अवस्थामा पुगिसके भने कतिपय जेनतेन चलेका छन् । तीनले सर्वसाधारणको विद्युतको माग पुरा गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रशारण लाइन विस्तारलाई तीब्रता दिन लागेको हो ।

नेपाल बिद्युत प्राधिकरण बनेपा तिवरण केन्द्रका प्रमुख ई. अमृत अधिकारीले जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत, खानीखोला गाउँपालिकाबासीलाई केन्द्रिय प्रशारण लाइनको बिद्युत उपलब्ध गराउनका लागि काम अघि बढाइएको बताए । प्राधिकरणले महाभारत गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ नम्बर वडाका करिब दुई हजार घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत बालिसकेको छ । वडा नम्बर १ मा करिब तीन सय थान मिटर पठाउने तयारी गरेको बताउँदै उनले वडा नम्बर २ र ८ मा लाइन तान्ने काम भईरहेको बताए । अधिकारीले महाभारत गाउँपालिकाका साथै सोही क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा समेत केन्द्रिय प्रशारण लाइनको बिद्युत उपलब्ध गराउनका लागि काम भईरहेको बताए । 

प्राधिकरण बनेपा वितरण केन्द्रका सूचना अधिकारी ई. सुरोज पराजुलीले खानीखोला गाउँपालिकाबासीलाइ केन्द्रिय प्रशारण लाइनको बिद्युत उपलब्ध गराउने क्रममा खानीखोला–५ र ७ का केही घरधुरीमा बिद्युत लाइन पु¥याइएको बताए ।  खानीखोलाका दुई वडाका करिब एक हजार घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत पुगेको उनको दाबी छ । खानीखोला गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले वडा नम्बर ५ मा २६७ वटा मिटर आईपुगेपनि हालसम्म करिब १३० घरधुरीमा मात्रै बिजुली बलेको बताए । बिजुली पु¥याउने ठेकेदार कम्पनीले जलेको ट्रान्समिटर लगेर जडान गरेको बताउँदै ठेकेदारले बिग्रेको ट्रान्समिटर फिर्ता नलगेका कारण एक सय भन्दा बढी घरधुरीले केन्द्रिय प्रशारण लाइनको बिद्युत सेवा लिन नपाएको उनले बताए । वडा नम्बर ५ मा केन्द्रिय प्रशारण बिद्युत जडानका लागि ३२२ घरधुरीले मिटरका लागि निवेदन दिएको उनको भनाई छ । 

यस्तै जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाको वडा नम्बर–११ र १२ का करिब डेढ सय घरधुरीमा प्राधिकरणको केन्द्रिय प्रशारण लाइन पु¥याउन बाँकी रहेको बताए । उनका अनुसार रोशी गाउँपालिका–११ को मिन्दुपा र सोरेसिममा करिब एक सय र वडा नम्बर १२ मा सामुदायिक बिद्युतीकरण गर्दा छुटेका करिब ५० घरधुरीमा केन्द्रिय प्रशारण लाइन पु¥याउन बाँकी रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु