कुखुरा बोक्ने गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते


मेचीकाली

काभ्रे- विपी राजमार्गमा आज भएको अर्को दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

 आज दिउँसो २ बजेर ४०  मिनेटमा नमोबुद्ध-७  चौकीडांडास्थित विपि राजमार्गमा काठमाण्डौबाट पुर्वतर्फ जाँदै गरेको प्र. २ -०२-००१ च ०८२८ नं. को कुखुरा बोक्ने बोलेरो गाडिले बिपरित दिशाबाट आउदै गरेका बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२-०४५ प ५४३० नंवरका ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा तिनै वटा मोटरसाइकलमा सवार ६ जना घाइते भएका हुन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेहरूको नाम ठेगाना खुलिसकेको छैन ।

ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि आज बिहान नै विपी राजमार्गमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु