बुडोल सामुदायिक साकोसको २७ औं वार्षिकोत्सव


मेचीकाली

बनेपा–बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिकोत्सव समारोह शुक्रबार सम्न्न भएको छ । संस्थाको अध्यक्ष कैलास केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बडालले देशभर ३० हजार भन्दा बढी सहकारी रहेकोमा ३ सय हाराहारी सहकारीले गरेको बदमासीको असर अरु सहकारीमा पर्न नहुने बताए । कतिपय सहकारीमा संकट आउनुमा नियामक निकायको कमजोरी रहेको औंल्याउँदै उनले बुडोल सामुदायिक सहकारी संस्था मुलुकका उत्कृष्ट सहकारीमध्येको एक सहकारी भएको बताए । अन्य सहकारीहरुले बुडोल सामुदायिक सहकारीबाट पाठ सिक्दै सहकारी अभियानलाई अघि बढाउनुर्नेमा बडालले जोड दिए । कुनै पनि सहकारीको कारोबार ठूलो हुँदैमा त्यो सहकारीले बदमासी गरेको छ वा बदमासी गर्छ भन्ने भाष्य स्थापित भइरहेकोमा बडालले आपत्ति जनाए । मुलुकमा एक लाख भन्दा बढी शेयर सदस्य भएका सहकारीहरुसमेत पारदर्शीरुपमा र बिनाकुनै समस्या सञ्चालन भइरहेको उदाहरणसमेत उनले दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले बुडोल साकोसले २७ वर्षमा आर्जन गरेको शेयर सदस्यहरुको विश्वासलाई निरन्तर राख्न सुझाव दिए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ,  कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल प्रसाद दाहाल, दश जोड दुईतर्फ उत्कृष्ट भई बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्राप्त गर्ने कृशला लुइटेल, वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मान प्राप्त गर्ने उत्कृष्ट बचतकर्तातर्फका सदस्य गोवर्धन थापा लगायतल मन्थव्य राखेका थिए ।

सहकारीको वर्षिकोत्सवको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मानसमेत गरिएको थियो । जसमा उत्कृष्ट बचतकतातर्र्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर, उत्कृष्ट बालबचतकर्तातर्फः रिभा उपाध्याय र युवेश थापा सम्मानित भए भने नियमित रक्तदाता सम्मानबाट दिपक सुवाललाई सम्मानित गरियो । यस्तै बुसा शैक्षिक सम्मानबाटल ६९ जना सम्मानित भए । जसमध्ये स्नातकोत्तर तहतर्फ ९ जना सम्मानित भए । यसमा तह उत्कृष्ट सम्मान दिनेश भुर्तेल, स्नातक तहतर्फ ७ जना सम्मानित भएकोमा तह उत्कृष्ट सुमिना अवा, दश जोड दुईतर्फ ५३ जना सम्मानित भएकोमा तह उत्कृष्ट कृशला लुइटेललाई सम्मानित गरिएको थियो । तह उत्कृष्ट ३ जनालाई नगद रु.५,०००।– सहित बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्रदान गरिएको थियो । 

यसैगरी दीर्घ सेवा पदक तथा सम्मानबाट २० वर्षदेखि कार्यरत कार्यकारी अधिकृत रञ्जना सुवाललाई  सम्मानित गरियो भने १० वर्ष उसेवा अवधि पुरा गरेका कर्मचारीलाई प्रदान गरिने दशक सेवा पदक तथा सम्मानबाट बरिष्ठ अधिकृत उमेश आचार्य, बरिष्ठ सहायक कविता श्रेष्ठ, सहायक श्रीकृष्ण श्रेष्ठ, कनिष्ठ सहायक सुशिला मानन्धर, मेसेञ्जर मुकुन्द पराजुली र सुरक्षा सहयोगी नवराज भुजेललाई सम्मानित गरियो । यस्तै वर्षको उत्कृष्ट कर्मचारी २०८२ सम्मानबाट सदस्य सहजकर्ता दिवाकर सुवेदीलाई सम्मानित गरियो । यसैगरी विशिष्ट सदस्य सम्मानतर्फ कान्छीमाया फाउण्डेशन तथा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालमार्फत सामाजिक कार्यमा विशिष्ट योगदान पु¥याए बापत डा. दिलबहादुर तामाङलाई सम्मानित गरिएको थियो । विशेष क्षमता (अपाङ्गता) भएका सदस्य सहयोगतर्फ संस्थाले पहिचान गरेको अपाङ्गता परिचय पत्र प्राप्त गरेका २८ जना सदस्यहरुलाई सम्बन्धित सदस्यको घरमै गई भेटघाट तथा सहयोग उपलब्ध गराउने घोषणा पनि कार्यक्रममा गरिएको छ । संस्थाका उपाध्यक्ष प्रकाश भुर्तेलले स्वागत मन्तव्य राखेको कार्यक्रम कार्यकारी अधिकृत रञ्जना सुवालले सञ्चालन गरेकी थिइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीका अनुसार गत पुस मसान्तसम्म संस्थामा १९ हजार ८ सय ६८ सदस्य रहेका छन् । यसमध्ये महिलाको संख्या १० हजार ९ सय ७९, पुरुषको संस्खा ८ हजार ८ सय ८० र संस्थागत सदस्य १८ रहेका छन् । यसका अलावा ८ हजार २ सय ११ जना कोपिला बाल बचतकर्ता रहेका छन् । संस्थाको शेयर हिसाब १६ हरोड, १३ लाख ९१ हजार ६ सय, संस्थागत पूँजी १८ करोड ४८ लाख ४६ हजार १, बचत १ अर्ब ८० करोड ८१ लाख ३५ हजार ऋण लगानी १ अर्ब ३० करोड ८९ लाख ६३ हजार रहेको छ । तरलता रकम ८२ करोड १७ लाख ७३ हजार ७ सय रहेको संस्थाको कुल सम्पति २ अर्ब २४ करोड ४१ लाख ९ हजार रहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु