नगर बाल क्लव सञ्जाल र बाल क्लबका पदाधिकारीलाई अभिमुखिकरण


मेचीकाली

भकुण्डेवेशी -नमोबुद्ध नगरपालिकाले नगर बाल क्लव सञ्जाल र बाल क्लबका पदाधिकारीलाई अभिमुखिकरण गरेको छ । बालमैत्री नगर घोषणाको अभियानमा लागेको नगरपालिकाले बालमैत्री स्थानीय शासनको बारेमा नगर बाल क्लव सञ्जाल र बाल क्लबका पदाधिकारीलाई अभिमुखिकरण गरेको हो । मंगलबार र बुधवार दुई दिन चल्ने अभिमुखिकरणमा बालमैत्री स्थानीय शासन, यसका सूचक र बाल क्लब, नगर स्तरीय बालक्लव सञ्जालको भूमिकाको बारेमा चर्चा गरिने  नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

उनका अनुसार, बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्षसहितको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएका थिए । सुनवलमा विभिन्न जानकारी लिएर फर्किएको टोलीले त्यस सम्बन्धित गतिविधीलाई तिव्रता दिएको थियो । फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरेको छ । सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा शिक्षासंग सम्बन्धित बालमैत्री सूचकको अवस्थाबारे सबै विद्यालयमा अनुगमन गरिएको शिक्षा शाखा प्रमुख बुद्धिराज अर्यालले जानकारी दिए । नगरपालिकाले नगरका सामुदायिक विद्यालयका बालमैत्री शिक्षक, नगरका कर्मचारी, जनप्रतिनिधी र वडा सचिवलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिसकेको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ ।

मंगलबार अभिमुखिकरण समुद्धघाटन गर्दै नगर प्रमुख कुनसाङ लामाले बालमैत्री स्थानीय नगर घोषणा गर्न तदारुकताका साथ लागिएकोले सबैको सहयोगको अपेक्षा गरे ।


प्रतिक्रिया



थप समाचारहरु