बनेपा– कम्प्युटर एसोसिएसन नेपाल महासंद्ध काभ्रे शाखाको आयोजनामा १५ औँ केन्द्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमिति, लेखा समिति, र बागमती प्रदेशको चौथो अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ ।
बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यमामा बनेपाको नेपाल बनेपा बहुप्राबिधिक शिक्षालयको सभाहालमा कार्यक्रम सम्पन्न भएको हो । क्यान महासंघ काभ्रेका अध्यक्ष देवकी आचार्य दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्यान महासंघ केन्द्रकी नवनिर्वाचित प्रथम महिला अध्यक्ष सुनैना घिमिरे पाण्डे, निबर्तमान अध्यक्ष रणजित कुमार पोद्दार, केन्द्रीय उपाध्यक्ष तथा क्यान महासंघ काभ्रेका पुर्व अध्यक्ष शेखरनाथ दुलाल, केन्द्रीय उपाध्यक्ष नबिन जोशी, केन्द्रीय उपाध्यक्ष सृजना श्रेष्ठ, महसचिव चन्द्र बिलाश भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह, केन्द्रिय सचिबहरु क्रमशस् सरिता न्यौपाने, अग्मा मालाकार, सरुणा श्रेष्ठ, केन्द्रिय कार्यासमित सदस्यहरु उमेश रघुबंशी, केशव प्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, दीपेन्द्र पौडेल, शीला कन्साकार कार्की, बन्धना शर्मा ज्ञवाली, देबेश प्रसाद लोहनी, ओमकार बस्नेत, दिनेश राज कार्की, मोना न्याच्छो श्रेष्ठ, ई. बिकाश गुरुङ, खड्गबहादुर गुरुङ, यस्मीन भट्टराई र लेखासमित सदस्यहरु सन्तोष ढुंगाना, पूजा अग्रवाल तथा बागमती प्रदेशसमित पधाधिकारीहरु उपाध्यक्ष बिकाश पन्त, सचिब सुदिप घिमिरे, कोषाध्यक्ष निरोज सापकोटा, सहसचिव पवन नेपाल, कार्यसमिति सदस्य राजेन्द्र प्याकुरेल लगायतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा क्यान महासंघ काभ्रेका अध्यक्ष देवकी आचार्य दुलालले क्यान महासंघ काभ्रेको आगामी २०८१-८३ मा काभ्रेको समाजका बिबिध क्षेत्रलाई डिजिटल रुपान्तरण गर्ने उदेश्य सहित सूचना प्रबिधिका महत्वकान्छी कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले क्यान महासंघ काभ्रेले आगामी २०८१-८३ को लागि प्रस्ताब गरेका सूचना प्रबिधि कार्यक्रमहरु बनेपा नगरपालिकाका लागि मात्र नभई समग्र काभ्रेजिल्लालाई सूचना प्रबिधि रुपान्तरणका लागि अत्यन्त महत्वपूर्ण रहेकोले क्यान महासंघ काभ्रेलाई पूर्णरुपमा बनेपा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका महासंघ केन्द्रकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले क्यान महासंघ काभ्रेले आगामी २०८१-८३ को लागि प्रस्ताब गरेका सूचना प्रबिधि कार्यक्रमहरु सम्पन्न गर्न क्यान महासंघ केन्द्रको पूर्ण सहयोग रहने बाचा सहित क्यान महासंघ काभ्रेले आगामी २०८१-८३ को लागि प्रस्ताब गरेका सूचना प्रबिधि कार्यक्रमहरु अत्यन्त प्रभाबकरी रहेको र यस्ता कार्यक्रमहरु क्यान महासंघको देशभरका जिल्ला शाखामा लानुपर्ने भनाइ राख्नु भयो ।
त्यसैगरि बिशिस्ठ अतिथि क्यान महासंघका निबर्तमान अध्यक्ष रणजित कुमार पोद्दारले क्यान महासंघ काभ्रे देशभरका जिल्लाशाखामा अलगै पहिचान बनाउन सफल भएको छ यसको निरन्तरताको लागि सुझाब दिंदै क्यान काभ्रेलाइ सदैब सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद कुमार न्यौपानेले सूचना प्रबिधि र प्रत्रकारिताको अनन्य सम्बन्ध रहेकोले क्यान महासंघ काभ्रे र नेपाल पत्रकार महासंघ काभ्रे शाखा मिलेर सूचना प्रबिधिको प्रबर्धनमा सहकार्य गरेर अगाडी बढ्ने राय राख्नुभयो । साथै क्यान महासंघ बागमती प्रदेशका कोषाध्यक्ष निरज सापकोटाले क्यान महासंघ काभ्रेले प्रस्तुत गरेका कार्यक्रम बागमती प्रदेशका सबै जिल्ला शाखाको लागि उदाहरणीय भएकाले हामी सबै जिल्ला शाखालाई यस्तै खालका कार्यक्रम गरि बागमतीका सबै जिल्लालाइ नेपालकै उत्कृस्ट सूचना प्रबिधिमय जिल्ला बनाउन प्रयत्न गर्ने भनाइ राख्नु भयो ।कार्यक्रमका अतिथि मदानी बिट डट कम मिडिया अध्यक्ष मोतीराम तिमल्सिना ज्युले क्यान महासंघ काभ्रे सदैब उत्कृस्ट सूचना प्रबिधका काम गर्ने संस्था भएको र हाम्रो बिगत झैँ सधै सहयोग हुने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्यान महासंघ काभ्रे शाखाकि उपाध्यक्ष एवं कार्यक्रमको संयोजक रिता श्रेष्ठले नेपालभरबाट कार्यक्रममा उपस्थित रहनु भएका सूचना प्रबिधि बिज्ञ एवं सम्पूर्ण अतिथिहरु प्रति स्वागत मन्तब्य राख्नु भएको थियो ।