काभ्रेमा हतियार देखाउँदै श्रृंखलावद्ध लुटपाट, पक्राउ परे चार जना


मेचीकाली

काभ्रे–काभ्रेका विभिन्न ठाउँमा हतियार देखाउँदै श्रृंखलावद्धरुपमा लुटपाट गर्ने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । धारिलो हतियार खुकुरी, बन्चरो तथा नक्कली पेस्तोल समेत देखाई सुनका गरगहनाहरु लुटपाटमा संलग्न चार जना पक्राउ परेका हुन् ।

नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरोको टोलीले पक्राउ परेकाहरुलाई काभ्रेमा ल्याएर मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ बस्ने ४९ वर्षका  बिर बहादुर तामाङ, ४२ वर्षका वुद्धिमान तामाङ, ओखलढुंगा खिजितेम्बा गाउँपासलका ९ का ५२ वर्षका महेशकुमार खड्का र उदयपुरको कटारी नगरपालिका १४ का ३६ वर्षका राजकुमार दनुवार रहेका छन् । उनीहरुलाई अनुसन्धान सकेर मुद्दाको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

यस्ता छन् उक्त गिरोहको लुटपाटको श्रृंखला

घटना १ 

मिति २०८१।०४।३१ गते राती जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. ५ को चौकोट डाँडास्थित धर्म गोपाल श्रेष्ठको नेवा ग्रिल हिल खाजा घरमा बिर बहादुर तामाङ र बुद्दीमान तामाङ भई धारिलो हतियार खुकुरी देखाई श्रैष्ठको घाँटीमा खुकुरी राखी कोही कसैलाई बोलिस कराईस भने मारी दिन्छु भनि डर त्रासमा पारी कोठा भित्र नगद रु,४०,०००÷– (चालिस हजार) डकैती गरेको 

घटना २

मिति २०८१।०५।११ गते रातीको २४ः०० बजे जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा ०९ को रामकोटमा  बिर बहादुर तामाङ, बुद्दीमान तामाङ र महेश कुमार खड्काले दिपक बहादुर तामाङको घाटीमा खुकुरी राखी कराईस् भने मारिदिने धम्की देखाई सुनका रिङ्ग र नगद रु. ६५,०००÷– रकम समेत चोरी गरेर भागेको ।

घटना ३

मिति २०८१।१०।०४ गते राती १२ बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. ०३ टनचोक मानेडाँडा स्थित लोपसाङ लामाले संचालन गरेको लामा होमस्टेबाट लामासहित परिवारका सदस्य सबै जना सुती सकेको मौकामा मुखमा कालो माक्स, टाउकोमा कालो टोपी समेत लगाई धारिलो हतियार खुकुरी र बच्चरो समेत बोकेर होम स्टे भित्र प्रबेश गरी सुनका गरगहनाहरु र नगद रु.३,२०,०००÷– मोबाईल थान १ समेत डाँका चोरी गरी घरमा भएका सबैलाई कोठा भित्र थुनि भागी फरार भएको ।

घटना ४

मिति २०८१।१०।१३ गते बिहान राती १ः०० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. ०४ को रेडक्रश टोल स्थित सुकान्त भोम्जनको घरको वाल फोडी बुद्धिमान तामाङ, बिर बहादुर तामाङ र राजु कुमार दनुवारले भित्र प्रबेश गरी धारिलो हतियार खुकुरी देखाई बोलिस कराईस भने मारी दिन्छु भनि डर त्रासमा सुनका गहना, नगद रु,२०,०००÷– र दुई वटा मोबाईल समेत डाका चोरी गरी भागेको ।

घटना ५

मिति २०८१।११।०५ गते बेलुका ७ बजे जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा ०७ स्थित लासाङ गोलेले संचालन गरेको आमा कृषि पशुपक्षी बंगुर फर्ममा वुद्धिमान तामाङ र महेश कुमार खड्का र राजु कुमार दनुवारले नक्कली पेस्तोल र खुकुरी देखाई लासाङ गोलेले घाटीमा लगाएको सुनको गरगहना र भिभो कम्पनीको मोबाईल थान १ लुटेर भागेको ।


प्रतिक्रिया



थप समाचारहरु