काभ्रेमा डेंगु : १०० दिनमा १६७ संक्रमित


मेचीकाली

काभ्रे–काभ्रेमा यो आर्थिक वर्ष सुरु भएदेखि डेंगु रोगबाट संक्रमित हुनेको संख्या १ सय ६७ पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेको पछिल्लो तथ्यांकअनुसार काभ्रेमा आर्थिक वर्ष २०८०÷८१ मा ८५ जना महिला र ८२ जना पुरुष गरी १ सय ६७ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । यो तथ्यांक साउन १ गतेदेखि कार्तिक १० गतेसम्म अर्थात १ सय दिनको हो ।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरपालिकामा ६५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमित धेरै हुनेमा दोस्रोमा नमोबुद्ध नगरपालिकामा २२ जना, धुलिखेल नगरपालिकामा २१ जना र पनौती नगरपालिकामा २० जना रहेका छन् । यस्तै मण्डनदेउपुर नगरपालिकामा १८ जना तथा पाँचखाल नगरपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी रोशी गाउँपालिकामा ८,  तेमाल गाउँपालिकामा २ जना तथा चौरीदेउराली, महाभारत, खानीखोला र भुम्लु गाउँपालिकामा १÷१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको बेथानचोक गाउँपालिकामा भने एकजनामा पनि डेंगु देखिएको छैन । काभ्रेमा अघिल्लो आर्थिक वर्षमा ६ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये महिलाको संख्या २ सय ८६ रहेको थियो भने पुरुष ३ सय ९६ रहेका थिए । 

अघिल्लो आर्थिक वर्षमा पनि बनेपा नगरपालिकामा सबैभन्दा बढी ४ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । जिल्लाका विभिन्न निजी अस्पताल र ल्याबमा डेंगु परिक्षण गराउने संख्या अझै बढी रहेकाले डेंगु संक्रमितको संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु