दिनेश हुमागाईंले छाडे रास्वपा !


मेचीकाली

काभ्रे- काभ्रेमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई स्थापित गराउन महत्वपुर्ण भूमिका निर्वाह गरेका दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् ।

यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी हुमागाईंले निर्वाचन आउन दुई साता बाँकी छँदा पार्टी परित्याग गरेका हुन् । हुमागाईंसहित पार्टी जिल्ला सभापती प्रविण ढकाल र अर्का नेता ताराबहादुर कुँवर उम्मेदवारको दौडमा रहेका थिए । तर अन्तिम समयमा बदन भण्डारीले टिकट पाएपछि रास्वपा काभ्रेमा चर्को असन्तुष्टी देखिएको थियो । 

हुमागाईंले पैसामा टिकट बेचिएको भन्दै सामाजिक सञ्जालमार्फत पनि आफ्नो असन्तुष्टि पोख्दै आएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका हुमागाईंले त्यसबेला १० हजार ५ सय ७३ मत पाएका थिए ।

पार्टीको संगठन नै मजबुत नबनेको बेला सम्मानजनक मत ल्याएका हुमागाईं त्यसयता पार्टीलाई तल्लो तहसम्म विस्तारका लागि निरन्तर खटिएका थिए । उनी हाल रास्वपा बागमती प्रदेश उपसभापती थिए ।


प्रतिक्रिया



थप समाचारहरु