बनेपा-उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको आकर्षणको केन्द्र बनेको डिस्कभरी पाथवे एजुकेशनल कन्सल्टेन्सी बनेपाबाट सय भन्दा बढी विद्यार्थीलाई एकसाथ विदाई गरिएको छ ।
उच्च शिक्षाका लागि जापान र कोरिया जान लागेका विद्यार्थीहरूलाई बनेपामा एक कार्यक्रम आयोजना गरी विदाई गरिएको हो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययनका लागि विदेश गएपछि पालना गर्नुपर्ने नियम लगायता विषयमा जानकारीसमेत गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले हजारौं विद्यार्थीको विश्वास जितेकोमा डिस्कभरी पाथवेलाई बधाई दिँदै यो विश्वास कायमै राख्न आग्रह गरे । विद्यार्थीलाई बाहिर गएर काम भन्दा पढाईलाई महत्व दिन र उच्च शिक्षा हासिल गरेपछि स्वदेश फर्केर आफ्नो ज्ञान सिप देश निर्माणका लागि सदुपयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा डिस्कभरी पाथवेका सिइओ अमित न्यौपानेले जिल्लाकै उत्कृष्ट कन्सल्टेन्सीकी रुपमा रहेको डिस्कभरी पाथवेले उच्च शिक्षामा विद्यार्थीलाई बाहिर पठाइसकेपछि पनि बेला बेला विभिन्न मुलुकका विश्वविद्यालय भिजिट गरेर थप सहजीकरण गरिरहेको वताए । कन्सल्टेन्सीकै निर्देशक सुमन गौतमले विद्यार्थी र अभिभावकको विश्वासलाई कहिले मर्न नदिने वताए ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य लगायतका विविध प्रस्तुतिसमेत प्रदर्शन गरेका थिए । सन् २०२२ देखि डिस्कभरी पाथवेले विद्यार्थीलाई उच्च शिक्षाका लागी विदेश जान परामर्श, भाषा कक्षासँगै सिपमुलक तालिमको समेत व्यवस्था गर्दै आएको छ ।