मन्डनदेउपुर-अनेरास्ववियु मण्डनदेउपुर नगर कमिटीको आयोजनामा अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्ला कमिटिको ब्यवस्थापनमा डेडीथुम्का माविमा १ दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नि:शुल्क आँखा जाच तथा मोतिबिन्दुको निशुल्क शल्यक्रिया लगायतका सुविधा प्रदान गरिएको थियो।
कार्यक्रमा अनेरास्ववियु केन्द्रीय कमिटि सचिव डा. सुजन कडरिया प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिमा नेकपा एमाले बागमती प्रदेश कमिटि सचिवालय सदस्य अम्बिका हमाल, नगर कमिटी अध्यक्ष शेरबहादुर डोटेल, जिल्ला कमिटि सदस्य शालिकराम पराजुली, अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष दिपेश तिमल्सिना लगायतका नेताहरु उपस्थित रहेको थियो। शिविरमा २८० जना सहभागि भएका थिए भने मोतिबिन्दु लागेका २७ जना बिरामी भेटिएका छन् ।२७ जनाकाे भाेलि निशुल्क अपरेसन हुनेछ ।
कार्यक्रमको अध्यक्षता अनेरास्ववियु नगर कमिटी अध्यक्ष संगिता दाहालले गर्नु भएको थियोे।