बनेपा– नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । अधिवेशनले महासंघ जिल्ला अध्यक्षमा विनोदकुमार न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको छ भने उपाध्यक्षमा कपिल कोइराला निर्वाचित भएका छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलका उम्मेदवार कोइरालाले प्रेस सेन्टर नेपालका रामकृष्ण बन्जारालाई पराजित गरे । महासंघको महिला उपाध्यक्षमा संयुक्त प्यानलकै सम्झना गौतम निर्विरोध भइन् । यस्तै सचिवमा संयूक्त प्यानलका उम्मेदवार नगेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सहसचिवमा संयुक्त प्यानलका देवराज केसी र समावेशी सहसचिवमा पनि संयुक्त प्यानलका निरन्जुल कायस्थ निर्वाचित भए । कोषाध्यक्षमा संयुक्त प्यानलका केशवराज पौडेल निर्वाचित हुँदा महिला सदस्यमा सविता न्यौपाने र आदिवासी जनजाति सदस्यमा चमारसिं लामा निर्विरोध निर्वाचित भए ।
यसैगरी सदस्यहरुमा पुरुषोत्तम ढकाल, मोहनकृष्ण तिमल्सिना, रन्जित बोहरा, रोशन तिमल्सिना, विकास तिमल्सिना, शरणप्रसाद शुमागाईं र ज्ञानमणि नेपाल निर्वाचित भए । यस्तै केन्द्रीय परिषद सदस्यमा महिलातर्फ सम्झना हुमागाईं तथा समावेशीतर्फ रामचन्द्र दनुवार निर्विरोध निर्वाचित हुँदा खुला सदस्यमा मतदानमार्फत प्रदिप केसी निर्वाचित भएका छन् । यस्तै प्रदेश परिषद सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, सुकदेव थपलिया र रामहरि श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।