धुलिखेल–नेपाल पत्रकार महासंघ काभ्रेका नवनिर्वाचित पदाधिकारी तथा सदस्य एवं केन्द्रीय तथा प्रदेश परिषद सदस्यहरुलाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सम्मान गरेको छ ।
आज जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, समन्वय अधिकारी पिताम्बर पाण्डे लगायतले नवनिर्वाचितहरुलाई सम्मान र शुभकामना व्यक्त गरे । कार्यक्रममा जिसस प्रमुख दिपककुमार गौतम, पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिनाले सञ्चार क्षेत्र र समन्वय समितिबीचको सम्वन्ध र सहकार्यबारे चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना र मोतिराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।