दिवंगत खेलाडिको सम्झनामा फुटबल प्रतियोगिता


मेचीकाली

पनौती– काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ मा रहेको सरस्वती व्याईज क्लबले आफ्ना दिवंगत खेलाडिको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका संयोजक सुवास श्रेष्ठले दिवंगत खेलाडि योगेन्द्र लामाको सम्झनामा ‘योगेन्द्र स्मृति कप फुटबल’ प्रतियोगिताको आयोजना गर्न लागेको बताउनु भएको हो । श्रेष्ठले क्लबले आगामी असोज २० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा देशभरका करिब २० टिमको सहभागिता रहने बताउनुभयो । उहाँले गत चैत २५ गते दिवंगत हुनु भएका क्लबका खेलाडि योगेन्द्रको लामाको सभ्झनामा प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । संयोजक श्रेष्ठले असोज २० गतेबाट सञ्चालन हुने प्रतियोगिता कात्तिक ३ गते समापन हुने बताउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, दोस्रो हुने टिमले नगद ५० हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । उहाँले प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद पुरस्कार समेत प्रदान गरिने बताउनुभयो । फुटबल प्रतियोगिता पनौतीस्थित क्षेत्रिय रङ्गशालामा सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु