काभ्रेका ५८ हजार ८९० नागरिक गरिब


मेचीकाली

काभ्रे– सरकारले गरिबी निवारणका लागि भन्दै बर्सेनी करोडौं रकम विभिन्न कार्यक्रममा खच गर्ने गरेको छ । तर, अझै पनि काभ्रेपलाञ्चोकमा हजारौं नागरिक गरिबीको रेखामूनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान २०२३ को तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लामा १६.४२ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी रहेको उल्लेख छ । 

तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लाको कुल तीन लाख ५८ हजार ७२२ जनसङ्ख्यामध्ये १६.४२ प्रतिशत अर्थात् ५८ हजार ८९० नागरिक गरिब रहेका छन् । तथ्याङ्कले जिल्लामा गरिबीको विषमता (धनी र गरिबबीचको फरक) ३.१८ प्रतिशत र गरिबीको गहनता ०.९१ प्रतिशत रहेको छ । तथ्याङ्कले जिल्लाको महाभारत गाउँपालिकामा सबैभन्दा गरिब व्यक्तिको बसोबास रहेको देखाएको छ । महाभारत गाउँपालिकाका १६ हजार ७९ जनसङ्ख्यामध्ये सात हजार ५६४ जनसङ्ख्या गरिब देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा रहेको १२ हजार २०१ जनसङ्ख्यामध्ये चार हजार ३८८, तेमाल गाउँपालिकामा रहेका १६ हजार ९५७ मध्ये पाँच हजार ३५१ जनसङ्ख्या गरिब रहेको देखाएको छ । यस्तै जिल्लाको चौरीदेउराली गाउँपालिकामा रहेको १४ हजार ७६ जनसङ्ख्यामा दुई हजार २७६, भुम्लु गाउँपालिकाको १५ हजार ६७८ जनसङ्ख्यामा चार हजार २५५, मण्डनदेउपुर नगरपालिकाका ३० हजार ३८१ जनसङ््ख्यामा पाँच हजार ९७१ जनसङ्ख्या गरिब रहेका छन् । 

त्यस्तै जिल्लाको बनेपा नगरपालिकाको ६७ हजार ६९० जनसङ्ख्यामा पाँच हजार ४७२, धुलिखेल नगरपालिकाका ३३ हजार ७२६ मध्ये दुई हजार ९४ र पाँचखाल नगरपालिकाका ३५ हजार ५२१ जनसङ्ख्यामध्ये एक हजार ९५८ जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइन्छ । नमोबुद्ध नगरपालिकाको २६ हजार १६० जनसङ्ख्यामध्ये सात हजार १५१, पनौती नगरपालिकाका ५१ हजार ५०४ जनसङ्ख्यामध्ये चार हजार ७२३, बेथानचोक गाउँपालिकाका १४ हजार ९५९ जनसङ्ख्यामध्ये तीन हजार ७५४ र रोसी गाउँपालिकाका २३ हजार ७९० जनसङ्ख्यामा पाँच हजार ५६२ जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् । तथ्याङ्कले देशमा २०.२७ प्रतिशत र बागमती प्रदेशमा १२.५९ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी रहेको देखाएको छ । गरेको गरिबीको लघुक्षेत्र अनुमान २०२३ को तथ्याङ्कले नेपालको लासग ७२ हजार ९०८ रुपियाँ को नयाँ गरिबीको रेखा निर्धारण गरेको छ । 

समाचारमा प्रयोग गरिएको तस्वीर एआईबाट बनाइएको हो


प्रतिक्रिया



थप समाचारहरु