Exclusive Report : के हो गौर हत्याकाण्ड ? यस्तो थियो मानवअधिकारकर्मीको अध्ययन प्रतिवेदन


मेचीकाली

काठमाडौं–संघीय सरकारकी मन्त्री रेणु यादवले बुधबार गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएपछि अहिले मुलुकभर गौर काण्ड के हो भन्ने चासो बढेको छ । 

२०६३ चैत ७ गते रौतहट जिल्ला सदरमुकाम गौर नगरपालिकास्थित गौर राइस मिल्सको चौरमा मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चावीच भडप भयो । झडपमा २७ जनाको मृत्यु भयो भने ५२ जना घाइते भए । घटनाबारे जानकारी प्राप्त भएपश्चात् त्यसको सत्यतथ्य अध्ययनका लागि मानवअधिकार सन्धि अनुगमन समन्वय समिति (एचआरटीएमसीसी) को टोली घटनास्थलतर्फ प्रस्थान गर्यो । टोलीले २०६३ चैत १३ गतेदेखि १६ गतेसम्म घटनाको स्थलगत अध्ययन गर्यो । त्यसक्रममा टोलीले पीडित, पीडितका परिवार, प्रत्यक्षदर्शी, स्थानीय प्रशासन र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू तथा सम्बन्धित व्यक्तिहरूसंग भेट गरी घटनाको अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन यस्तो छ ।



प्रतिक्रिया



थप समाचारहरु