काभ्रेमा संस्कृति ज्ञान परिक्षा


मेचीकाली

काभ्रे-हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८२ पहिलो पटक काभ्रेमा आयोजना गरिएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले बनेपास्थित बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा परीक्षा संचालन भएको हो ।

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा काभ्रेका विभिन्न विद्यालयका एक हजार विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये आठ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अंक प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो । त्यस्तै ८ जनाले ४९ वटा र तीन जनाले ४८ वटा प्रश्नको उत्तर मिलाए ।

गोलाबाट सुभचामुण्डा माविका छात्रा सबिना योञ्जन प्रथम हुनुभयो । चण्डेश्वरी सृष्टिकान्त माविको छात्रा रुबिसा घिमिरे द्धितिय हुनुभयो । भालेश्वर माविको ईश्या आरसी तृतीय हुनुभयो । भालेश्वरका सगर्व न्यौपाने, आजाद माविका देवक सारु मगर, शिक्षा सदन माविका अनुज अवाल, बेलर ईन्टरनेशनल श्रीबिसा बस्नेतले प्रोत्साहन पाए । सबै जना प्रथम भएपनि गोलाप्रथाबाट उनीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

प्रतिक्रिया



थप समाचारहरु