ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव


मेचीकाली

बनेपा– बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्दै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव कार्यक्रम गरिएको छ । प्रतिष्ठानमा अध्ययनरत कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारहरू प्रदर्शन तथा स्वाद परीक्षणका लागि प्रस्तुत गरिएको थियो ।

सकारात्मक सोच, दृढ इच्छाशक्ति तथा निरन्तर परिश्रमका साथ शैक्षिक क्षेत्रमा प्रगति गरिरहेको प्रतिष्ठानले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीप विकाससँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ। महोत्सवमा बनेपा नगरभित्रका २० भन्दा बढी विद्यालयका ५०० भन्दा धेरै विद्यार्थीहरु र विद्यालय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको विशेष उपस्थिति रहेको थियो । उहाँले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूले महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । साथै, व्यवहारिक तथा सीपमुखी शिक्षाले विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम बनाउने धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउँदै विद्यालयले विद्यार्थीहरूलाई सीपमूलक शिक्षामा अभ्यस्त बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको प्रतिभा र क्षमता विकासमा विशेष ध्यान दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनु भयो । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै नवीनतम शिक्षण प्रविधिहरूलाई आत्मसात गरेको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ भने १५ वटा स्टलहरुमा विभिन्न खानेकुराहरु राखिएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु