साँगा–विद्यालयस्तरको प्रतिष्ठित फुटवल प्रतियोगिता आइजिपि फुटवल रनिंग ट्रफीको २९ औं संस्करण यहि मंसिर २० गतेदेखि नेपाल पुलिस स्कुल सागाँ, काभ्रेको खेल मैदानमा हुने भएको छ ।
आयोजक नेपाल पुलिस स्कुल सागाँले जानकारि दिए अनुसार यस वर्ष १६ विधालयका १७ वटा टिमले प्रतिस्पर्धा गर्नेछन। प्रतिस्पर्धिका रुपमा काभ्रे जिल्ला लगायत उपत्यकाका र उपत्यका बाहिरका विधालयहरु रहेका छन्।
प्रहरि अतिरिक्त महानिरीक्षक मिरा चौधरीले एक विशेष कार्यक्रम बिच उद्घघाटन हुने प्रतियोगिताको उद्घघाटन खेल आयोजक नेपाल पुलिस स्कुल सागाँ र काठमाण्डौ विश्वविधालय हाइ स्कुल चौकोट विच हुनेछ।
लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगिता आगामि पौषको पहिलो सातासम्म चल्नेछ। प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारि गराए।