आइजिपी रनिङ ट्रफी : आयोजकको बी टिमसहित ल्याव स्कुल र काठमाडौं विश्वविद्यालय हाइस्कुल विजयी


मेचीकाली

साँगा-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको आजको खेलमा नेपाल पुलिस स्कुल सागाँ 'बि' ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविद्यालय हाई स्कुल विजयी भएका छन् । 

आज भएको पहिलो खेलमा ल्याबरोटरि स्कुलले एसओएस काभ्रेलाई ६-० गोल अन्तरले हरायो। विजयी टिमका लागी म्यान अफ दि म्याच विष्णु चन्दले २ गोल, अभिजित चौधरी,एकराज पहाल, विज्ञान खड्का, सन्दिप शर्माले समान १-१ गोलको योगदान दिए । 

 आजै भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल सागाँ 'बि' ले  काष्ठमाण्डप स्कुललाई ३-० गोल अन्तरले हरायो। पुलिस स्कुलका लागी खेलको १३ औं मिनेटमा कृसान्त राग गिरीले गोल गर्दै अग्रता दिलाए। खेलको ५० औं मिनेटमा हर्सित परियारले गोल गर्दै अग्रता  दोब्बर बनाए। खेलको ६५ औं मिनेटमा टिमका क्याप्टेन रेगन बिष्टले डि एरिया बाहिरबाट प्रहार गरेको सटलाई सुन्दर गोलमा परिणत गर्दै जित सुनिश्चित बनाए। खेल अवधि भरि उत्कृष्ठ खेल कौसल प्रदर्सन गरेका प्रज्जल हुमागाँई म्यान अफ दि म्याच घोषित भए ।

 आजको तेस्रो खेलमा केयु हाई स्कुलले रामभक्त स्कुल बनेपालाई २-० गोल अन्तरले हरायो।  खेलको म्यान अफ दि म्याच विजयी टिमका सफल शाही घोषित भए ।

भोलि आठौं  दिन पनि लिगका तिन खेल हुनेछन्। बिहानको खेलमा बेलर स्कुल बनेपा र बुडानिलकण्ठ स्कुल प्रतिस्पर्धा गर्नेछन। दोस्रो खेल एनपिएस धरान र ग्रेसल्याण्ड स्कुल बिच हुनेछ र तेस्रो खेलमा नेपाल पुलिस स्कुल सागाँ ' ए ' र डिएभि स्कुल आमने सामुने हुनेछन् ।   सातौं दिनको खेल सकिदा Point Table यस प्रकार रहेको छ। लिग म्याच २९ गते सम्म चल्नेछ र त्यसपश्चात Quarter-Final पुग्ने टिमको टुङगो लाग्नेछ ।




प्रतिक्रिया



थप समाचारहरु