आइजिपी रनिङ ट्रफी : यस्तो रह्यो आठौं दिनको खेलको नतिजा


मेचीकाली

साँगा-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको आजको खेलमा आयोजक नेपाल पुलिस स्कुल सागाँ 'ए', नेपाल पुलिस स्कुल धरान र बुडानिलकण्ठ स्कुल विजयी भएका छन्। 

आज भएको पहिलो खेलमा बुडानिलकण्ठ स्कुलले बेलर स्कुल बनेपालाई ८-० गोल अन्तरले हरायो। विजयी टिमका अनुज खड्का म्यान अफ दि म्याच घोषित भए। आजको जित पछि १ खेल अगावै बुडानिलकण्ठ स्कुल Quarter-Final मा स्थान पक्का गरेको छ।

आजै भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल सागाँ 'ए' ले डिएभि स्कुललाई एकतर्फि खेलमा ७-० को गोल अन्तरले हरायो। पुलिस स्कुलका लागी म्यान अफ दि म्याच भुपेश लामाले ३ गोल, दावा तामाङले २ गोल, पदम चौलागाईले १ गोलको योगदान दिए। डिएभिको तर्फबाट १ आत्मघाती गोल भएको थियो। नेपाल पुलिस स्कुल सागाँ 'ए' ३ खेलमा ३ स्पष्ट जितको साथ ९ अंक जोडी समुह 'B' को विजेता भई  Quarter-Final प्रवेस गरेको छ।

 आजको तेस्रो खेलमा एनपिएस धरानले ग्रेसल्याण्ड स्कुल विरुद्ध ५-० गोल अन्तरको सहज जित निकालेको छ । खेलको म्यान अफ दि म्याच विजयी टिमका समिर राई  घोषित भए। आजको जित सगैं ४ खेलमा ४ स्पष्ट जित सहित एनपिएस धरान पनि समुह 'A' को विजेताको रुपमा Quarter-Final प्रवेस गर्न सफल भएको छ । 

समुह ‘C’ बाट ३ जित सहित ल्यावरोटरी स्कुलले पनि Quarter-Final मा स्थान सुरक्षित गरेको छ। यो समुहमा एक खेल कम खेलेको नेपाल पुलिस स्कुल सागाँ ‘बि’ को ३ अंक रहेको छ भने लिगको सबै खेल खेलेको काष्टमण्डप स्कुलको पनि समान ३ अंक छ। २ खेल खेलि जितविहिन एसओएस काभ्रे तालिकाको पुछारमा रहेको छ ।

भोलि नवौं  दिन पनि लिगका तिन खेल हुनेछन्। बिहानको खेलमा केयुएचएस र आरएमएस बनेपा प्रतिस्पर्धा गर्नेछन। दोस्रो र तेस्रो खेलमा क्रमसः  जेम्स स्कुलले बेलर स्कुल बनेपाको र सैनिक आवासिय महाविद्यालयले एनपिएस सामाखुसिको सामना गर्नेछन् ।  


प्रतिक्रिया



थप समाचारहरु