आइजिपी रनिङ ट्रफी : ल्याव स्कुल, पुलिस स्कुल धरान र आयोजक ए विजयी


मेचीकाली

साँगा–नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिङ ट्रफिको दोस्रो दिन ल्याव स्कुल किर्तिपुर, नेपाल पुलिस स्कुल धरान र नेपाल पुलिस स्कुल टिम ए विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा ल्यावरोटरी स्कुलले काष्ठमण्डप स्कुललाई ८ – ३ गोल अन्तरले पराजित गरेको छ । विजयी टिमका विज्ञान खड्का म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३ – १ गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच पुलिस स्कुल धरानका प्रवेश तामाङ घोषित भए।

आज भएको तेस्रो खेलमा आयोजक नेपाल पुलिस साँगाले रामभक्त स्कुल बनेपा विरुद्ध ६ – ० को सहज जित निकालेको छ । विजयी टिमका निस्चल मगर म्यान अफ दि म्याच घोषित भए । भोलीको खेलमा नेपाल पुलिस स्कुल सामाखुशीले स्प्रिङ हिल स्कुल नाला, जेम्सले वुढानिलकण्ठ स्कुल र एपिएफ स्कुलले सैनिक महाविधालय सल्लाघारीको सामना गर्नेछ ।


प्रतिक्रिया



थप समाचारहरु