भकुण्डेवेसी जेसीजको नेतृत्व रञ्जनालाई


मेचीकाली

भकुण्डेवेशी–भकुण्डेवेशी जेसीजको अध्यक्षमा जेसी रञ्जना उप्रेती (रञ्जु) निर्वाचित भएकी छन् । आज सम्पन्न भकुण्डेवेसी जेसीजको १५ औं साधारण सभा तथा १४ औं शाखा अधिवेशनले जेसी उप्रेतीको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको कार्यकारिणी उपाध्यक्षमा जेसी रन्जिता सुन्दास र जेसी शिवप्रसाद न्यौपाने निर्वाचित भएका छन् । यस्तै कानुनी सल्लाहकारमा जेसी खुम भन्डारी, महासचिवमा जेसी जगदिश भट्ट र कोषाध्यक्षमा जेसी सरोज सापकोटा निर्वाचित भएका छन् । 

कार्यसमितिको उपाध्यक्षहरुमा जेसी अञ्जन कार्की, जेसी अरूण काफ्ले, जेसी सुरेन्द्र धामी र जेसी रविन्द्र पौडेल निर्वाचित हुँदा शाखा सम्पादकमा कल्याण काफ्ले र प्रकरण निर्देशकमा जेसी सन्तोष नेपाली निर्वाचित भएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु