बनेपा- “शब्दबाट संस्कृति, भाषाबाट सम्बन्ध” भन्ने मूल नारासहित नेपाल शैक्षिक परामर्श संघ (ECAN) काभ्रे शाखाले आयोजना गरेको प्रथम जापानीज स्पिच कन्टेस्ट सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न संस्थाबाट १२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा आकृति पाखृन (हाचिको जापानीज ल्याङ्ग्वेज स्कुल) प्रथम, नबिना शाही (डिज्नि सि एजुकेशनल कन्सल्टेन्सी) द्वितीय, अमित मोक्तान (हाचिको जापानीज ल्याङ्ग्वेज स्कुल) तृतीय तथा सिजन राई (सक्सेस BCEC) सान्त्वना स्थान हासिल गर्न सफल भए।
विजेताहरूले क्रमशः रु. ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद, साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय कार्यवाहक अध्यक्ष बासुदेव दाहाल ले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै सबै सहभागीलाई बधाई दिए।
त्यसैगरी ECAN काभ्रेका अध्यक्ष भुवन रायमाझी ले कार्यक्रम भाषा, कला र जापानी संस्कृतिको समायोजन भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए।
कार्यक्रममा ECAN का सह-कोषाध्यक्ष गोविन्द खनाल, महासचिव भवनाथ हुमागाईं लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक सरोज थापा ले स्वागत मन्तव्य राखेका थिए भने सचिव बालकृष्ण न्यौपाने ले कार्यक्रम सञ्चालन गरेका थिए।