काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु


मेचीकाली

भुम्लु (काभ्रे)– काभ्रेको भुम्लु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोलालघाटबाट चौरी देउराली तर्फ गई रहेको बा २१ च ९२१० नंवर को कुखुराको दाना बोकेको बोलेरो गाडी भुम्लु गाउँपालिका ५ स्थित जामुने कालो भिर खोलामा खसेको हो ।

जीप सडकबाट करिब ३०० मिटर तल खस्दा बोलरो चालक चौरी देउराली गाउँपालिका ४ बस्ने वर्ष ४९ को कमल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनापछि  घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएका श्रेष्ठको उपचारको क्रममा आज बिहान सवा १ बजे डाक्टरले मृत घोषणा गरेका थिए । 

बोलेरोमा श्रेष्ठमात्रै रहेका थिए । उनी सरस्वति माध्यमिक बिद्यालय छेडाका प्रधानाध्यापक समेत हुन् ।


प्रतिक्रिया



थप समाचारहरु