केयूमा मंसिर १७ गतेदेखि ‘आइटी मिट’ हुँदै


मेचीकाली

धुलिखेल–काठमाडौ विश्वविद्यालय धुलिखेलमा यस वर्ष पनि आइटी मिट हुने भएको छ । यही मंसिर १७ गते र १८ गते दुई दिनसम्म आइटी मिट चल्नेछ ।

एक दशकदेखि काठमाडौँ विश्वविद्यालयको कम्प्यटर साइन्स तथा इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूले सूचना प्रविधिसम्वन्धी वार्षिक कार्यक्रम आइटी मिट आयोजना गरिरहेका छन् । काठमाडौँ विश्वविद्यालय कम्प्यटर क्लब आइटी मिटको आयोजक रहेको छ । नेपालमा सूचना प्रविधिको उपयोग, महत्व तथा विकासबारे बुझ्न चाहने विद्यार्थी तथा सचना प्रविधिका पारखीहरूले कार्यक्रममा सहभागिता जनाउनेछन् । 

आइटी मिटमा सूचना प्रविधि सम्बन्धी विविध कार्यक्रम तथा गतिविधिहरूमा भाग लिन पाउनको साथै सचना प्रविधिका दिग्गजहरूसँग पनि अन्तरक्रिया गर्ने अवसर मिल्ने आयोजक काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले जनाएको छ । आइटी मिटले युवा सशक्तिकरण, नेपालमा सूचना प्रविधिको विकास तथा उपयोग र सूचना प्रविधिमा भईरहेको गतिशील प्रगतिलाई थप प्रकाशमा ल्याउनेबारे विश्वस्त रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया



थप समाचारहरु