केयूमा बढ्यो आकर्षण, यही बर्ष १ हजार विद्यार्थी थपिँदै


मेचीकाली

धुलिखेल–काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नेपाली विद्यार्थीहरु विदेशिने क्रम बढिरहेको बेला केयूमा भने विद्यार्थीको आकर्षण देखिएको छ । सोही कारण यो वर्षमात्र करिब १ हजार विद्यार्थी थपिने विश्वविद्यालयले जनाएको छ ।

‘हामीले पूर्ण क्षमतामा विद्यार्थी भर्ना गर्दा केही हदसम्म बाहिर जाने विद्यार्थीको संख्या कम हुने देखिएकाले यस वर्ष भर्नादर बढाएका छौं’ केयूका उपकुलपति प्रा.डा अच्युतप्रसाद वाग्लेले आज आयोजित पत्रकार अन्तरक्रियामा भने, ‘गत वर्ष ५ हजार भन्दा बढी विद्यार्थी भर्ना भएकोमा यो वर्ष ६ हजार नाघ्ने प्रक्षेपण गरेका छौं ।’ वाग्लेका अनुसार यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३०० भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० भन्दा बढी विद्यार्थीले भर्ना पाएका छन् । यस्तै आर्टस, म्यानेजमेन्ट र एजुकेसनमा करिव ३०० विद्यार्थी थपिने अपेक्षा गरिएको छ । मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा ४०० भन्दा वढी अतिरिक्त सिट थपिने अपेक्षा गरिएको वाग्लेले जानकारी दिए । 

केयूमा यसैपटक ठूलो संख्यामा विदेशी प्राध्यापकसमेत प्राध्यापनका लागि आउँदै छन् । विगतमा केही समयका लागि प्राध्यापक आउने र केही कक्षा लिएर फर्कने गरेकोमा यसपटकदेखि कम्तीमा एक सेमेष्टरभरिका लागि विदेशी प्राध्यापक नियुक्त गर्न लागिएको छ । उपकुलपति वाग्लेका अनुसार विश्वविद्यालयले २०२५ जुलाईमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकहरूबाट अभिरुचि आह्वान गरेको थियो । विश्वभरका ४५० भन्दा बढी प्राध्यापकहरूबाट अभिरुचि प्राप्त भएको उनले बताए ।  विश्वविद्यालयले यस शैक्षिक सत्र (२०८२÷८३) का लागि १२ जना विदेशी प्राध्यापक नियुक्त गरेको छ । स्कुल अफ आर्टस, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्समा प्राध्यापकहरू नियुक्त भइसकेका छन् । ताइवान, भारत, अमेरिका, चीन, दक्षिण कोरिया लगायत देशका प्राध्यापकहरूले केयूमा अध्यापन गर्नेछन् । विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको संया १० प्रतिशत बनाउने लक्ष्य राखेको वाग्लेले बताए । वाग्लेका अनुसार यो वर्ष विदेशी विद्यार्थी भर्नाको कोटासमेत पुरा गर्ने लक्ष्या राखिएको छ । सोहीअनुसार यो वर्ष ४२ जना विदेशी विद्यार्थी एमबिबिएसमा भर्ना हुनेछन् । केयूले शिक्षाको अन्तर्राष्ट्रियकरणमा सुरुआतदेखि नै जोड दिदै आएको छ । विगत तीन दशकमा विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेका छन् । हालसम्म ५५ देशका करिव ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयवाट दीक्षित भएका छन् । साथै ४१ देशका २९० भन्दा बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संख्याहरूसँग विश्वविद्यालयको सहकार्य रहेको विश्वविद्यालयले जनाएको छ । 

सूचना प्रविधिमा जोड, सूचना प्रविधि केन्द्रदेखि मोबाइल एपसम्म

काठमाडौं विश्वविद्यालयले यस वर्ष आधिकारिक रूपमा आफ्नै सूचना प्रविधि केन्द्र समेत स्थापना गरेको छ । यो केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने दीर्घकालीन दृष्टिकोणसहित स्थापना गरिएको हो । केन्द्रले ज्ष्नज–एभचायचmबलअभ ऋयmउगतष्लन (ज्एऋ) ग्लष्तः जटिल अनुसन्धानका लागि सुपरकम्प्युटिङ क्लस्टर सञ्चालन गर्ने,  ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ भ्हअभििभलअभ (ब्त्भ्) ग्लष्तः राष्ट्रिय ब्क्ष् नीति कार्यान्वयन, स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रूपरेखा विकास गर्ने र ३. ऋचष्कष्क क्ष्लायचmबतष्अक च्भकभबचअज (ऋक्ष्च्) ग्लष्तः भूकम्प, महामारी, वाढीजस्ता आपतकालीन अवस्थाहरूमा निर्णय सहयोग प्रणाली विकास गर्ने बताइएउको छ । यस्तै केयू कनेक्ट नाममा मोबाइल एपमेत विकसित गरेर सफ्ट लन्चसमेत गरिएको छ । यसले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुंच प्रदान गर्दछ । मोबाइल एपबाट विद्यार्थी प्रोफाइल व्यवस्थापन हुने, सूचना र सूचनापत्रहरूमा तुरुन्त पहुँच पुग्ने, विश्वविद्यालयका समाचार, परीक्षा परिणाम र कार्यक्रमहरू एपमै उपलव्ध हुने, पठनपाठन सम्बन्धी विवरण र कोर्स सूचीमा पहुँच हुने, शुल्क विवरण र भुक्तानी रेकर्ड प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध सेवा पनि उपलव्ध हुनेछ । 

सातै प्रदेशमा सेवा, विश्वभरको उत्कृष्ट सूचीमा पर्ने प्रयास

विश्वका उत्कृष्ट १ हजार विश्वविद्यालयको सूचीमा पर्न प्रयत्नरत काठमाडौं विश्वविद्यालयले सातै प्रदेशमा सम्बन्धन तथा छात्रवृत्ति विस्तार अभियान अघि बढाएको छ । विश्वविद्यालयले पारदर्शी हिसावले सम्वन्धन दिने उद्देश्यले सार्वजनिक सूचनामार्फत आशयपत्र आह्वान गदां देशभरका विभिन्न शिक्षण संस्थावाट ८८ वटा आशयपत्र प्राप्त भएका थिए । हालसम्म स्कुल अफ आर्टस् र स्कुल अफ एजुकेशन अन्तर्गत जम्मा १० वटा शिक्षण संस्थालाई सम्बन्धन दिइसकिएको छ । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ म्यानेजमेन्ट अन्तर्गतका सम्बन्धनका कार्यक्रमहरूको मूल्याङ्कन प्रक्रिया जारी रहेको उपकुलपति वाग्लेले बताए । यसैगरी, विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सातै प्रदेशमा छात्रवृत्ति कार्यक्रमसमेत विस्तार गरेको छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशका ६ जना उत्कृष्ट कक्षा १२ का विद्यार्थीहरूले १०० प्रतिशत शुल्क छुट पाउनेछन् ।

धुलिखेल अस्पतालसँग सुमधुर सम्वन्ध, सहकार्य बलियो बन्दै

गत वर्षसम्म काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्वन्ध टुट्ने अवस्थामा पुगेको थियो । तर, अहिले सम्वन्ध बलियो बनेको उपकुलपति वाग्लेले बताए । ‘अहिले हामी मिलेर बसेका मात्र छैनौैं, दुईवटै संस्थालाई प्रगतिको पथमा अगाडि बढाइरहेका छौं’ वाग्ले भन्छन् । उनका अनुसार अहिलेको धुलिखेल अस्पताल व्यवस्थापनसँगकै सहकार्यमा अस्पताल सेवा विस्तार हुँदैछ । त्यसका लागि ४५० शैयाको अस्पताल भवन निर्माण हुँदैछ । डिपिआर तयार भइरहेकाले केही महिनाभित्रै ठेक्का प्रक्रियामा जाने उनले बताए । चौकोटमा जनरल हस्पिटलको सेवा सुरु गर्ने र धुलिखेल अस्पताललाई ‘सुपर स्पेसियालिटी युनिट’को रुपमा अघि बढाइनेछ । 

पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिष्टार डा. राजीव श्रेष्ठले केयूलाई अझै उत्कृष्ट शैक्षिक केनद्रको रुपमा विकसित गर्ने अभियान अघि बढाइएको र त्यसमा सबै सरोकारवालाको सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए । 


प्रतिक्रिया



थप समाचारहरु