काभ्रे कांग्रेसमा तीर्थ प्यानलको ‘क्लिन स्वीप’


मेचीकाली

बनेपा–नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिमा तीर्थ लामा नतृत्वको प्यानलले क्लिन स्वीप गरेको हो । सभापतिका अर्का दाबेदार अच्युतप्रसाद पौडेल नेतृत्वको प्यानललाई पराजित गर्दै कार्यसमितिमा तीर्थ लामा समूहका सबै उम्मेदवार विजयी भएका छन्  ।

सभापतिका उम्मेदवार लामा १६ सय ४६ मतसहित विजयी हुदा उनका प्रतिस्पर्धी पौडेलले जम्मा ७ सय ७० मतमात्रै प्राप्त गरे । कृष्ण सिटौला समूहका नेता शिव हुमागाईंसहितको समर्थनमा पार्टी सभापति शेरवहादुर देउवा निकट लामा समूहबाट उपसभापतिमा रमेशप्रसाद हुमागाईं र ठाकुरप्रसाद न्यौपाने विजयी भए । हुमागाईंले १५२३ मत पाए भने न्यौपानेले १४ सय मत ल्याए । उपसभापतिमा उठेका गोविन्दवहादुर थापाले ६९५, शंकरदास लामाले ६५२ र देवराज लामाले २ सय ४१ मत ल्याए । 

सचिवमा तीर्थ प्यानलकै गुणराज मोक्तान र माधव ढकाल विजयी भए । मुक्तानले १४ सय २० तथा ढकालले १४ सय १० मत पाए । यस्तै सचिवमा पराजित भएका दिनेश भुर्तेलले ८ सय ३५ तथा कमलवहादुर तामाङले ७ य ९६ मत पाए । यस्तै सहसचिवमा रविन्द्रनाथ सिग्देल र समीर ब्यान्जु निर्वाचित भएका छन् ।  


प्रतिक्रिया



थप समाचारहरु