बुद्धिजीवी परिषद् काभ्रेको अध्यक्षमा केशव थापा


मेचीकाली

बनेपा-नेपाल बुद्धिजीवी परिषद् काभ्रेको १० औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले केशव थापाको नेतृत्वमा नयाँ समिती निर्विरोध निर्वाचित गरेको हो । परिषदको सचिवमा भीमसेन केसी, उप–सचिवमा शिवराम सिग्देल, कोषाध्यक्षमा निर्मला सापकोटा भुर्तेल निर्वाचित भएका छन् । यस्तै सदस्यमा श्रीकृष्ण पाण्डे, आर काफ्ले, शिव प्रसाद बञ्जारा, नरहरि कुँवर, माधव नेपाल, भवानी पाण्डे निर्वाचित भएका छन् ।

 अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए । कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य  बास्कोटाले नेपालको वर्तमान अवस्थासँगै काभ्रेपलाञ्चोक जिल्लाले लिएको विकास र समृद्धीका आधारहरुलाई ब्यवहारमा उतार्दै गएकाले त्यसको वकालत तथा त्यसका बारेमा सहि र गलत विषय उठानमा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा बुद्धिजिवी परिषद्का केन्द्रिय उपाध्यक्ष विधान आचार्यले बुद्धिजिवीहरुको योगदान, क्षमता र योग्यताको ब्यवस्थापन तथा सहि सदुपयोगका लागि नेकपा एमालेले लिएका कार्यनितीहरु सहि भएको बताए ।

कार्यक्रममा केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठद्धारा समृद्ध काभ्रेका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यक्ष विरबहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष देवसागर लामा, बुद्धिजिवी परिषद्का पुर्व अध्यक्ष रामशरण लुईटेल, बनेपा नगर अध्यक्ष श्रीकृष्ण पाण्डे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

 जिल्ला अध्यक्ष डा.अम्बुभवानी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव भिमसेन केसीले संचालन गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु