सूचना लुकाउने काभ्रे क्याम्पसविरुद्ध सूचना आयोगमा मुद्दा दर्ता


मेचीकाली

बनेपा-आफूले माग गरेको सूचना दिन अस्वीकार गरेपछी काभ्रे बहुमुखी क्याम्पस बनेपाविरुद्ध राष्ट्रिय सूचना आयोगमा मुद्दा परेको छ ।

काभ्रे बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी मिलनकुमार गौतमले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ वमोजिम गत फागुन ५ गते सूचना माग गर्दै निवेदन दर्ता गराएका थिए । तर सूचना दिनुको साटो क्याम्पस प्रमुख केजी वैदारले निवेदन नै दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका छन् । निवेदन दिएको १० दिनपछी उनले फागुन १५ गते निवेदन प्रथम दृष्टिमै वेरितको भएको भन्दै दरपिठ गरिदिएका हुन् । क्याम्पस प्रमुखको निर्णयविरुद्ध आफू राष्ट्रिय सूचना आयोग पुगेको गौतमले वताए ।

गौतमले क्याम्सपको प्रशासनिक, शैक्षिक तथा आर्थिक विवरण, काभ्रे बहुमुखी क्यामपस परिसर भित्र बनेपा क्याम्पस सञ्चालन सम्बन्धी निर्णय र कानू‌नी आधार र क्याम्पसको जग्गासम्वन्धी सम्पुर्ण विवरण माग गरेका थिए ।

यस्तो थियो गौतमको निवेदन : 


प्रतिक्रिया



थप समाचारहरु