खानीखोलामा लामाहरू गुफा बस्दै, करिब २ सय लामा सहभागी हुने


मेचीकाली

खानीखोला- काभ्रेको खानीखोला गाउँपालिकामा लामाहरु कुन्छाम् (गुफा) बस्ने भएका छन् । कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको अध्यक्ष वीरबहादुर वाईबाले करिब दुई जना लामाहरुको उपस्थितिमा कुन्छाम् (गुफा) बस्न लागेको जानकारी दिए । 


अध्यक्ष वाईबाका अनुसार खानीखोला–५ स्थित् ताल्ढुंगामा २९ मंसिर गते उद्घाटन भएसँगै ३० मंसिरबाट भने लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन सुरु हुनेछ । उनले कुन्छाम् (गुफा) बस्ने लामाहरु २ सय जना पुग्न सक्ने अनुमान गरेको बताए । कुन्छाम् बस्न काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट लामाहरु उपस्थित् हुने आयोजकले जनाइएको छ ।


अध्यक्ष वाईबाले अहिंसा र शान्तिमा योगदान पु¥याउनुका साथै बौद्ध धर्म, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकाससँगै समस्त लामाको हक, हित, भाषा, लिपी, बुद्धको उपदेशहरूको पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो पार्ने, एक रूपता र सरल पार्ने हेतुले कुन्साम (गुफा) राखिएको स्पष्ट पारे । उनले तामाङ समाजमा पछिल्ला समय लामाहरू कम हुँदै गएकाले कुन्साम् (गुफा) मार्फत् लामा पठन पाठनसँगै लामा उत्पादनमा सहयोग पुग्ने बताए । 


कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको सचिव प्रेमबहादुुर स्याङ्तानले कुन्साम् (गुफा)ले धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुष्दिष्ट ज्ञानसहित संगठित तथा उत्पादन गर्न टेवा पुग्ने बताए । उनले कुन्साम् मार्फत् बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । 


खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले केही दिन अघि मात्रै महायज्ञ भएको र लामाहरुले समेत कुन्छाम् राख्न लागेको खबरले आफु निकै खुशी भएको बताउँदै यस्तो कार्यले खानीखोलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


त्यस्तै गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले आफु संधै खानीखोलालाई धामिर्क पर्यटनको रुपमा पनि चिनाउनु पर्छ भन्ने पक्षमा रहेकाले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको आयोजनामा हुन लागेको कुन्छाम् (गुफा)को लागि गाउँपालिकाबाट आवश्यक सहयोग तथा समन्वय हुने जनाइएको छ । एकै पटक ठुलो संख्यामा उपस्थित् हुँदा व्यवस्थामा असहज हुने देखिएकोले कुन्साम्मा सहभागी हुने लामाहरुलाई आयोजकसँग सम्पर्क गरी नाम टिपाउन समेत आग्रह गरेको छ । 


इच्छुक व्यक्ति तथा संघ/संस्थालाई सहयोगको लागि अपिल

आयोजकले लामाहरु कुन्छाम् बस्ने क्रममा धेरै खर्च लाग्ने हुँदा इच्छुक व्यक्ति तथा संघ÷संस्थाले आवश्यक खद्यान्न तथा म्याट सहितका सामाग्री सहयोगका लागि आग्रह समेत गरेको छ । आयोजकका अनुसार डेढ महिना (४५ दिन) चल्ने कुन्छाम्मा अनुमानित १० बराबरको खर्च हुने जनाइएको छ । 


लामा घेदुङ खानीखोलाका सचिव तितुङले कुन्साम बस्ने लामाहरुको लागि खाना र बस्न भने आयोजकले नै व्यवस्था गर्ने बताए । यद्यपी, आयोजकले कुन्छाम् (गुफा) बस्न आउने लामाहरुलाई खाना खाने थाल वा प्लेट, गिलास जस्ता आवश्यक सामाग्री भने आफैले लिएर आउन अनुरोध गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु