सिक्रे दोभानमा पहिरो अपडेट : १ जनाको मृत्यु ६ जना अझै वेपत्ता


मेचीकाली

खानीखोला–काभ्रे र मकवानपुरको सीमानामा रहेको सिक्रे दोभानमा गएको पहिरोमा पुरिएका एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ६ जना अझै वेपत्ता भएका छन् । काभ्रेको खानीखोला गाउँपालिका ५ र मकवानपुरको वाग्मती गाउँपालिका–५को सीमानामा रहेको सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक जनाको मृत्यु भएको हो ।

 बेपत्ताको काभ्रे र मकवानपुरका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । अविरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो भने ५ जना बेपत्ता भएका हुन् । पहिरोमा परी घाइते भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

पहिरोमा परी बेपत्ता हुनेमा सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ रहेका छन् । 

 


प्रतिक्रिया



थप समाचारहरु