पहिरोले विद्यालय बगाएपछि पठनपाठन ठप्प, सरोकारवालाको बेवास्ता


मेचीकाली

महाभारत (काभ्रे)- काभ्रेको महाभारत गाउँपालिका ४ बुढाखानी मा रहेको श्री बुढानिलकण्ठ प्राथमिक विद्यालय पहिरोले बगाएपछि पठनपाठन ठप्प भएको छ ।

गत असोज ८ गते विहान विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६ कोठे भवन र २ वटा शौचालय बगाएको छ भने बाँकी रहेको ४ कोठे भवन र एउटा शौचालय उच्च जोखिममा रहेको प्रधानाध्यापक टेक बहादुर तुम्सिङले जानकारी दिनुभयो । १ हप्तादेखी विद्यालयको पठनपाठन ठप्प हुँदा पनि बैकल्पिक व्यवस्थापन बारे कसैले चासो नदिएको उहाँको गुनासो छ । हालसम्म करिव १ करोड बराबरको क्षति भइसकेको छ, पहिरो जान अझै रोकिएको छैन । उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत थिए ।

अहिले विद्यालय भवनको अभावमा उनीहरु शिक्षाबाट बन्चित भएका छन् । प्रधानाध्यापक तुम्सिङले नेपाल सरकारको शिक्षा संग सम्बन्धित निकाय, स्थानिय सरकार, बिभिन्न संघ संस्था एबं सहयोगिहरुलाई विद्यालय सञ्चालनमा सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ । यसैबिच पहिरोले विद्युत पोलमा क्षति गर्दा एक हप्तादेखी बुढाखानी गाउँ नै अन्धकार छ भने खानेपानीका लागि समेत सास्ती खेप्नु परेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु