धुलिखेल–नयाँ नेतृत्व निर्विरोध चयन गर्दै नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) काभ्रेको ११ औं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले सुर्यवहादुर खत्रीको नेतृत्वमा नयाँ जिल्ला समिति निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ जिल्ला समितिमा उपाध्यक्ष सुमन पोखरेल रहेका छन् भने सचिव सुवदेव दाहाल चयन भएका छन् । कोषाध्यक्षमा राजु ढकाल रहेका छन् । सदस्यहरुमा दिपक राना मगर, गोविन्द तिमल्सिना, कञ्चनकुमार दर्लामी मगर, सन्तोषी पराजुली, प्रमि तामाङ, अमृत सापकोटा र उर्मिला सापकोटा रहेका छन् ।
धुलिखेलमा भएको अधिवेशन केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जिल्ला अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष मेहताले नेभ्लाले देशभरका प्राविधिकहरुको पेशागत अधिकार तथा रक्षाका लागि निरन्तर कार्य गर्ने बताए । संगठित रुपमा एकतावद्ध हुँदै हक अधिकार स्थापनाका लागि संघ सक्रिय हुने उनले बताए ।
कार्यक्रममा पशु सेवा कार्यालय काभ्रेका पुर्व प्रमुख केशव अछामी, नेभ्लाका सल्लाहकार मणिप्रसाद सापकोटा, औषधी ब्यवसायी विकास तिमल्सिना, नेभ्लाका केन्द्रीय सदस्य कान्ता तोलाङ्गे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, औषधी ब्यवसायी संघका माधव दाहाल, नेभ्लाका प्रदेश समिति सदस्य पुरुषोतम घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए । पवन केसीले संचालन गरेको कार्यक्रममा सहयोगिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।