एनप्याब्सनको फूटसल र कबड्डी प्रतियोगिता सम्पन्न


मेचीकाली

बनेपा-एनप्याब्सन काभ्रेको मेगा कार्यक्रम छात्र  फुटसल र छात्रा कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक कुमार गौतमले उद्घाटन गर्नुभएको कार्यक्रममा पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने विशेष अथिती हुनुहुन्थ्यो ।

उक्त प्रतियोगितामा विभिन्न उमेर समूह गरि छात्र तर्फ१५ वटा टिम फुट्शलमा र ५ वटा टिम छात्रा थिए । जसमा कबड्डी तर्फ प्रथम पनौती अङ्ग्रेजी मा वि, दोश्रो  सेन्टलम एल्वम एकेडमी  र तेस्रो उग्रचण्डी मा वि नाला भएका छन् ।

यस्तै फुटसल सिनियरतर्फ  उग्रचण्डी मा वि प्रथम, सेन्टलम एल्वम एकडेमी दोस्रो र पनौती अ मा वि  तेस्रो भएका छन् । फूटसल आधारभुत तर्फ प्रथम  पनौती अ मा वि प्रथम,  न्यु मोडेल एकेडेमी दोस्रो र ग्रामीण पाठशाला तेस्रो भएका छन् ।

फूटसल जुनियर तर्फ ग्रामीण पाठशाला प्रथम,  सेन्टलम एल्वम एकेडेमी दोस्रो र उग्रचन्डी मा वि तेस्रो भएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु