एनआरएनए सचिवमा लोक प्रसाद दाहालको उम्मेदवारी, को हुन लोक दाहाल ?


मेचीकाली

काठमाण्डौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौँ महाधिवेशन काठमाण्डौँमा जारी रहेको छ। अधिवेसनले २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ । आज राती १२ बजेदेखी अनलाईन मार्फत मतदान गर्न सकिने व्यवस्था मिलाईएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा लोक प्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । 

 प्रस्तावमा रमेश दाहाल र खुम गुरुङ  तथा समर्थकमा सुरज न्यौपाने र सीता कुमारी दाहाल राखेर उहाँले उम्मेद्वारी दर्ता गराएका हुन् । एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफु सचिव पदका लागि अघि सरेको बताएका छन् । धादिङ घर भएका दाहाल एनआरएनए अभियानका लोकप्रिय अभियन्ता तथा सफल व्यवसायीको रूपमा चिनिन्छन् ।

विगत १५ वर्षदेखि एनआरएन अभियानमा निरन्तर सक्रिय दाहालले एघाराँै महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।पारदर्शी प्रशासनः खुला र समावेशी सूचना, दोस्रो पुस्ताका लागि सबल र अबल संघको निर्माण, सहयोगात्मक सञ्जालको निर्माणलगायतका एजेन्डा अघि सारेर चुनावी प्रतिस्पर्धामा आउनु भएको छ । धादिङको बुढाथुम घर भएका दाहाल बेल्जियमलाई कर्म थलो बनाई नेपाल लगायत एसिया,अफ्रिका तथा युरोपका देशहरुमा समेत सामाजिक कार्य सन्चालन गदै आईरहनुभएको छ ।५ जना निर्वाचित हुने सचिव पदमा १५ जनाको उम्मेदवारी परेको छ । नेपालको राउटे बस्तीको लागी वैदेशिक सहयोग जुटाएर लोक दाहालले स्वास्थ्य शिविर चलाउनु चलाएका थिए । दाहालले अफ्रिका, मध्यपूर्व लगायत कैयौ देशका दुर्गम भेगहरुमा स्वास्थ्यको लागी काम गरि सकेका छन्। बेल्जियममा रहेको परोपकारी संस्था भि–मेडको कार्यसमिती सदस्य रहेका दाहालले नेपालको दुर्गम भेगहरुमा बिद्यालय र स्वास्थ्यचौकी निर्माणमा सहयोग गर्दै आईरहेका छन्। धादिङमा रहेको बद्रि विशाल स्कुलको लागी भवन निर्माण उनकै पहलमा गरिएको थियो। बद्रि विशाल जस्ता दर्जनौ स्कुलहरुको स्तर उन्नतीको लागी दाहालले आर्थिक सहयोग जुटाएका छन्।

नेपालमा भूकम्प जादा उनि एनसीसी बेल्जियमको महासचिब र अध्यक्षको रुपना कार्यरत थिए। त्यस बखत भुकुम्प पीडितका लागि करोडौ आर्थिक सहयोग संकलनका लागी उनले अभियान चलाएका थिए। बारपाकमा भूकम्प प्रतिरोधी घरहरु बनाउनला लागी दाहालको समेत सक्रियता रहेको थियो।

दाहालले कोषाध्यक्षका रुपमा काम गर्दा केन्द्रिय कार्यालयको खर्च तथा सभासम्मेलनहरुमा हुने अनाबस्यक खर्च कटौती गरेका थिए। 

नाफा मात्रै नहेरी सेवाको क्षेत्रामा पनि लगानी बढाउनु पर्छ भन्ने मान्यता राख्ने यिनै दाहालले यतिखेर गैर आवसिय नेपाली संघको सचिब पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन आगामी १७–२० अक्टोबर २०२३ काठमाडौमा जारी रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु