यस्ता छन् नमोबुद्ध नगरका एक बर्षका उपलव्धी (पूर्णपाठसहित)


मेचीकाली

भकुण्डेबेशी–नमोवुद्ध नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेको छ । 

नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उप–प्रमुख रिम बहादुर तामाङ, नगरप्रमुख कुन्साङ लामा, उप–प्रमुख रत्न लामा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायत सरोकारवालाको उपस्थितीमा उपलब्धि सार्वजनिक गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख गौतमले नवोवुद्ध नगरपालिकाले सुरु गरेको योजनावद्ध विकासको प्रसंसा गरेका थिए । 

यस्तै एक वर्षमा भएका कार्यहरुको जानकारी दिँदै नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सुशासन र विकास निर्माणमा असल अभ्यास र नविनतम काम सुरुवात गरिएको जानकारी दिए ।  नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको उनले बताए ।

 नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह, अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको उनको भनाई छ । परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने छ । नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार नमोबुद्ध नगरपालिकामा बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ भने कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर अर्थात शीत भण्डारण निर्माण थालिएको छ । वडा नम्बर ३ स्थित दाहालचौरमा निर्माण भएको उक्त शीत भण्डार सो क्षेत्रकै पहिलो हो । नमोबुद्धका अलाबा, छिमेकी रोशी, तेमाल, महाभारत गाउ“पालिकाका कृषक समेत लाभान्वित हुनेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरिएको छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिन्छ । नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा वितरण थालेको उप–प्रमुख रत्न लामाले बताए । नगरले पूर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरुस“ग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउदै आएको उनको भनाई छ । नमोबुद्ध नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण शुरुवात गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वुद्धिराज अर्यालले जानकारी दिएका छन ।

मुख्य कामहरु

निशुल्क स्वास्थ्य परिक्षण/निशुल्क औषधी

नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको हो । परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने छ । नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । 

बालमैत्री स्थानीय नगर अभियान

नमोबुद्ध नगरपालिकामा बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ । नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको छ । फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन समेत गरेको छ । सामुदायिक विद्यालयका बालमैत्री शिक्षक र नगरका कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिएको छ । जनप्रतिनिधी र वडा सचिव, बाल क्लव सञ्जाल र समूहका बालबालिकालाई बालमैत्री अभियानबारे अभिमुखिकरण गरिसकिएको छ । 


नगरपालिकामा पहिलो शीत भण्डारण 

नमोबुद्ध नगरपालिकामा कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डारण) निर्माण थालिएको छ । वडा नं ३ स्थित दाहालचौरमा निर्माण भएको उक्त शीत भण्डार सो क्षेत्रकै पहिलो हो । नमोबुद्धका अलाबा, छिमेकी रोशी, तेमाल, महाभारत गाउ“पालिकाका कृषक समेत लाभान्वित हुनेछन् ।   ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरिएको छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिन्छ । 

घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता

नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा वितरण थालेको छ । नगरले पूर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरुस“ग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । 

राजमार्गमा फोहोर फाले कार्वाही

नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्न थालेको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने निर्णयसहित सचेत गराएको छ । नगरपालिकाले वीपी राजमार्ग सरसफाई अभियान सञ्चालन गरिरहेको छ । 

योजनावद्ध विकास प्राथमिकतामा 

नमोबुद्ध नगरपालिकाले योजनावद्ध विकासलाई प्राथमिकतामा राखेको छ । आवद्यिक योजना योजना बैंक तयार गरेर विकास आयोजनाहरु सञ्चालन गर्न लागेको  हो । रणनैतिक कृषि योजना पनि तयार गरेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गरेको हो । रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुनेछन् । 


‘एक घर एक धारा’ अभियानकै रुपमा

नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्धेश्य अनुरुप ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिएको छ । सुनकोशी खानेपानी आयोजना, भकुण्डेबेसी दाप्चा काशीखण्ड वृहत खानेपानी आयोजना, खनालथोक वृहत खानेपानी आयोजना, काशीखण्ड वृहत खानेपानी आयोजना, पार्कोट–टटलेटार खानेपानी आयोजना, ग्वाला डाँडा खानेपानी आयोजना, फ्याङ्ग खोला वृहत खानेपानी आयोजना, बासखर्क लाकईने कुईकेलगाउँ खानेपानी योजना, नमोबुद्ध वृहत खानेपानी आयोजना, कालिकादेवी भेडाबारी खानेपानी आयोजना, भष्मे खानेपानी आयोजना, छत्रेबाँझ दाप्चा खानेपानी आयोजना संचालन गरिएका छन् । 

महिला उद्यमीलाई उद्योग दर्ता निशुल्क 

स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिने कार्यको सुरुवात गरिएको छ । हाल सम्म सो नीति अनुसार ६९ वटा विभिन्न व्यवसायहरु दर्ता भएका छन् । 

स्थानीय पाठ्यक्रम निर्माण

नमोबुद्ध नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण शुरुवात गरेको छ । 


के के भए त अहिलेसम्म विस्तृत विवरण

प्रतिक्रिया



थप समाचारहरु