प्रेस युनियनको अध्यक्षमा पुनः अधिकारी


मेचीकाली

काभ्रेपलाञ्चोक– नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाको अध्यक्षमा नगेन्द्र अधिकारी पुनः सर्वसम्मत निर्वाचित हुनु भएको छ । सोमबार भएको युनियनको ७ औँ जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा १८ नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवराज केसी, सम्झना हुमागाँई, सचिवमा शुभराज अधिकारी, सह–सचिवमा सचित खड्का, इन्द्र बहादुर थापा मगर र कोषाध्यक्षमा सरोज अधिकारीलाई पुनः निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोशन पौडेल, राजन दाहाल, रवि धिताल, विपासना शाक्य, ज्योती श्रेष्ठ, शोभा हुमागाँई, रामचन्द्र रम्तेल, रामचन्द्र अधिकारी, भक्त दाहाल र जानुका खनाल रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु