चार रनले पराजित भयो नेपाल


मेचीकाली

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नाे पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएकाे छ ।

इङ्ग्ल्यान्डले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्याे । नेपालका दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान राेहितकुमार पाैडेल र लाेकेश बमले समान ३९ रन बनाए । इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिए ।

यसअघि भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायाे । इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिए ।

प्रतिक्रिया



थप समाचारहरु