रुसी सेनामा कार्यरत थप १ नेपालीको मृत्यु , सिद्धार्थको रिहाईको पहल जारी


मेचीकाली

काठमाडौं- रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । योसँगै रुसी सेनामा कार्यरत रहेको बेला ज्यान गुमाउने नेपालीको संख्या ७ पुगेको छ । 

यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ ।परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागलको निधन भएको पुष्टि गरेको हो । मन्त्रालयले उनको नेपालको ठेगाना भने खुलाएको छैन ।

मन्त्रालयका अनुसार काभ्रेका सिद्धार्थ ढकालसहित ४ जना नेपाली युक्रेनमा वन्दी अवस्थामा रहेका छन् । वन्दी हुनेहरुमा वर्दियाका विवेक खत्री, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन रहेका छन् । उनीहरुको रिहाईका लागि रेडक्रसको अन्तर्राष्टिय समितिसहित अन्य च्यानलबाट पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु