भक्तपुरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा


मेचीकाली

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं. ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको छ । 

जर्मनहोम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो क्लिनिक शुभारम्भ हुने व्यवस्थापक बिकाश थापाले जानकारी दिएका छन् । 

‘भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका सर्वसाधरणहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरिय बनाउन हामीले यो क्लिनिक संचालनमा ल्याएका हौं,’ व्यवस्थापक थापाले भने । एउटै छानामूनी २० वटा विभाग अन्तरगत सबै प्रकारका विशेषज्ञ डाक्टर, गुणस्तरिय ल्याव, सहितको सेवा दिने यस संस्थाले जानकारी दिएको छ । 

यहाँभित्र आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधा हुने किल्निकका अध्यक्ष प्रा.डा.सुरज बज्रचार्यले बताए । 

ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी ड्ड आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग ÷ इनभिट्रो फर्टिलाइजेशन र बाल रोग डा. बज्रचार्यले जानकारी दिए ।  

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई हामीले दिने सेवामा २५ % आजीवन छुट प्रदान गर्ने र  अपाङता भएकाहरुलाई पनि यो सुविधा प्रदान किल्निक तयार गरेको छ ।

प्रतिक्रिया



थप समाचारहरु