राष्ट्रिय युवा संघ मण्डनदेउपुरले चैत्र १० गते एकै दिन १२ वटा वडाको भेला गर्ने


मेचीकाली

मण्डनदेउपुर-राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी यतिबेला कमिटीको गठन र पुनरगठन सहित संगठन सुदृढिकरण अभियानमा जुटेको छ । गत महिना जिल्ला कमिटीको वैठक बसेर २०८० सालको फागुन र चैत २ महिनालाई संगठन निर्माण तथा परिचालन अभिायन तोकेको संघले ३ गते मण्डनदेउपुरमा वैठक सम्पन्न गरेको होे । 

नेकपा एमाले काभ्रेका सदस्य तथा युवा इन्चार्ज होमप्रसाद चौंलागाँईंको प्रमुख अतिथ्यता तथा राष्ट्रिय युवा संघ नेपाल काभ्रेका अध्यक्ष इश्वरबल्लव सापकोटाको विशेष आतिथ्यता र पार्टी नगर कमिटीका अध्यक्ष शेरबहादुर डोटेल, सचिव तुलसी नेपाल र उप–सचिव सुमन नेपाल, पार्टी नेता रुद्रबहादुर तामाङको विशेष उपस्थितिमा सम्पन्न वैठकले नगरस्थित १२ वडाहरुमध्ये केहि वडामा भेला तथा वैठक र धेरै वडाहरुको अधिवेशन गर्ने बताइएको छ । 

जसको लागि वडा नं. १ मा दिलकुमार श्रेष्ठ, वडा नं. २ मा विजय घिसिङ, वडा नं. ३ मा अनिल तामाङ, वडा नं. ४ मा सुमन ढकाल, वडा नं. ५ मा शन्तोष ढकाल, वडा नं. ६ मा विनोद ढकाल, वडा नं. ७ मा शन्तोष राई, वडा नं. ८ मा सुशिला हमाल, वडा नं. ९ मा नवराज भण्डारी, वडा नं. १० मा रुपक लम्सा, वडा नं. ११ मा ऋषिराम सापकोटा, वडा नं. १२ मा नविन पराजुलीलाई अभियानको उत्प्रेरकको जिम्मेवारी दिइएको संघका नगर अध्यक्ष सुमन ढकालले बताए । 

संघले जिल्ला स्थित १३ ओटै पािलकाहरुमा कमिटीको गतिविधिलाई सशक्त बनाउनको लागि २ महिने अभियानको प्रारम्भ गरेको र त्यस अनुरु गत फागुन १ गते बनेपा नगर कमिटी र २ गते पनौती नगर कमिटीको वैठक सम्पन्न भइसकेको छ । कमिटीको दुवै वैठकहरुबाट बनेपाको १७ गते र पनौतीको २४ गते नगर अधिवेशन गर्ने निर्णय भएको बताइएको छ । 


प्रतिक्रिया



थप समाचारहरु