वातावरणीय स्थायित्व र जलवायु कार्य विषयक क्षेत्रीय सम्मेलन सुरु


मेचीकाली

काठमाडौं–सिविस र दिगो विकासको लागि नेपाल युवा सञ्जालको आयोजनमा वातावरणीय स्थायित्व र जलवायु कार्य बिषयक क्षेत्रीय सम्मेलन सुरु भएको छ  । प्रतिनिधि सभा सदस्य रन्जुकुमारी झाले बुढानिलकण्ठमा वृक्षारोपण गर्दै गर्दै सम्मेलनको सम्मेलनको उद्घाटन गरेकी छन् ।

कार्यक्रममा बोल्दै झाले नेपालमा वातावरणको संरक्षणमा ध्यान दिँदै ऐन कानुनहरु निर्माण गरेको भएता पनि त्यसलाई व्यबहारमा उतार्न ढिला भएको  वताउँदै विकासले विनास निम्त्याउन नहुनेमा सजक हुन आवश्यक रहेकोमा जोड दिइन् । कार्यक्रममा बोल्दै  वन तथा वातावरण मन्त्रालयका उपसचिव दिपक ज्ञवालीले जलवायु र वातावरण संरक्षण सरकार मात्रको नभई सबैको साझा मुद्दा रहेको र स्थानिय देखि बिश्वब्यापी सहकार्य गर्न सरकार लागि परेको बताए । 

युवा सन्जालका अध्यक्ष सौरभ खनालको अध्यक्षतामा सुरु भएको  सम्मेलनमा सिविस अध्यक्ष बिमला ज्ञवाली, ताजकस्थान, भारत, पाकिस्तान र नेपालका गरि ३० जना युवाहरुको सहभागिता रहेको छ । टिडिएच जर्मनीको सहयोगमा भएको सम्मेलन जेठ ४ र ५ गते चल्नेछ । दक्षिण एसियामा वातावरणीय र जलवायु नीतिको पैरवी, युवाहरुको भुमिका, असल अभ्यास , दक्षिणी एसियाली  नितिहरुमा भएका खाडल, चुनौती र अबसर लगायतका  विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुतसंगै समुहगत छलफल चल्नेछ । छलफल बाट आएका सवालहरुलाई संकलन गर्दै काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम