धुलिखेल–खावा सडक : ठेकेदारको स्पष्टीकरण आयो, तोडिएला ठेक्का ?


मेचीकाली

काभ्रे– ठेक्काको म्याद सकिन लाग्दा पनि काम सम्पन्न हुने नदेखेपछि धुलिखेल–खावा सडकको ठेक्का रद्ध गर्न ठेकेदारलाई सोधिएको स्पष्टीकरणको जवाफ आएको छ । 

अरनिको राजमार्ग स्तरोन्नती तथा कालोपत्रे अन्र्तगत धुलिखेल–खावा सडक खण्डको कामको जिम्मा पाएको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिने प्रक्रिया अघि बढाइएको थियो । सोही प्रक्रियाअनुसार डिभिजन सडक कार्यालय भक्तपुरले माघ १९ गते सात दिने म्यादसहित स्पष्टीकरण बुझाउन भनेको थियो । कार्यालय स्रोतका अनुसार ठेकेदार कम्पनीे गौरी पार्वती निर्माण सेवा प्रालिले स्पष्टीकरण बुझाएको छ । स्पष्टीकरण पत्रमा वन तथा विद्युत प्राधिकणका कारण समयमा काम गर्न नसकेको उल्लेख भएको स्रोतले जनाएको छ । यद्यपि यसको विस्तृत विवरण आइसकेको छैन ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिडिई मेघराज मरासिनीले निर्माण व्यवसायीले कार्यालयले पटक÷पटक ताकेता र निर्देशन दिँदा समेत सन्तोषजनक काम नगरेको कारण ठेक्का रद्द (तोड्ने) प्रक्रिया अघि बढाएको बताएा छन् । निर्माण व्यवसायीले हालसम्म ९० प्रतिशतभन्दा बढी काम सम्पन्न गर्नुपर्ने, तर बिद्युत, वनको समस्या भएको वहाना बनाएर काम नगरेको मरासिनीले बताए । ठेकेदारको काम हेर्दा हालसम्म १५ प्रतिशत मात्रै काम भएको देखिएको र दुई वर्षमा गर्न नसकेको काम बाँकी रहेको दुई महिनाको अवधिमा निर्माण व्यवसायीले काम सम्पन्न गर्ने कुनै आधार र विश्वास नदेखिएकोले कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको ारासिनीले बताएका छन् ।

सिडिई मरासिनीले कार्यालयले निर्माण व्यवसायी कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिले सडक निर्माणको काममा अग्रसरता नदेखाएको, कार्य सम्पन्न गर्नका लागि पटक÷पटक मौखिक, टेलिफोन, पत्राचार तथा विभिन्न सूचनाको माध्यमबाट निर्माण कार्यको प्रगति उल्लेखनिय बनाउन अनुरोध र निर्देशन दिएपनि अटेर गरेकोले केही दिन अघि ठेक्का अन्त्य किन नगर्ने ? भनेर सार्वजनिक सूचना समेत जारी गरिएको जानकारी दिए । 

निर्माण व्यवसायीले धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक ११ मिटरको सडक फराकिलो बनाइ, कालोपत्रे गर्ने, नाली बनाउने, टेवा पर्खाल लगाउने काम भएपनि विभिन्न वहाना बनाएर निर्माण व्यवसायीले काम नगरेको आरोप कार्यालयले लगाएको छ । चार किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रे गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि निर्माण व्यवसायीले हालसम्म करिब डेढ किलोमिटर सडक कटिङ गर्ने तथा केही स्थानमा नाली र टेवा पर्खाल लगाउने काम मात्रै गरेको छ । अरनिको राजमार्ग अन्र्तगतको धुलिखेल–खावा सडक विस्तार तथा स्तरोन्नती गर्ने उद्देश्यले डिभिजन सडक कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते सम्झौता भएको थियो ।

धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारको काम ठेक्का सम्झौता भएको मितिले २२ महिना अर्थात् २०८० चैत १९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । दुई महिनाअघि पाँचखालमा भएको एउटा कार्यक्रममा आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलपत्र अवस्थामा रहेको अरनिको राजमार्ग अन्र्तगतको धुलिखेल– खावा सडक खण्डको कामलाई तीव्रता दिन निर्देशन दिएपनि निर्माण व्यवसायीले सात÷दश जना कामदार राखेर काम ओगट्ने काम मात्रै गर्दै आएका थिए । 



प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम