वीपी स्मृति दिवसमा वृक्षारोपण


मेचीकाली

बेथानचोक-जननायक वी पी कोइरालको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाले साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । 

नेपाली कांग्रेस बेथानचोक गाउँपालिका सभापति एवं गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनका अनुसार बेथानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको निर्माणाधीन प्राथमिक अस्पताल परिषरमा विभिन्न फलफुल लगायतका बोट बिरुवाहरु लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । वृक्षारोण कार्यक्रम जननायक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रको सर्कुलर अनुसारकै भएको सभापति तिमल्सिनाले जानकारी दिनुभयो । 

कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, नेपाली कांग्रेस बेथानचोक गाउँपालिका कार्यसमितिका प्रतिनिधिहरु, वडाका जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षकहरु, वडा सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी र पार्टी शुभेच्छुकहरुलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम एक सातासम्म निरन्तर रहने बेथानचोक कांग्रेसले जनाएको छ ।  वीपी स्मृति दिवसमा देशै भर वृक्षारोपण कार्यक्रम भएको छ ।


प्रतिक्रिया



थप समाचारहरु